Breaking

विद्युत् प्राधिकरणको सञ्चालक समिति सदस्यमा गुरुङ र कार्की नियुक्त


नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा दुई सदस्य नियुक्त भएका छन् । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले महेन्द्र बहादुर गुरुङ र देवेन्द्र कार्कीलाई प्राधिकरणको सञ्चालकमा नियुक्त गरेको हो।

आजै विद्युत् प्राधिकरणको सञ्चालक समिति सदस्यबाट भक्तबहादुर पुन र कपिल आचार्य हटाइएका थियो । डेडिकेटेड र ट्रंक लाइनको विद्युत् सुविधा प्रयोग गरेर बक्यौता नतिर्ने उद्योगको लाइन काटिएको र ती उद्योगीले बक्यौता नतिरेसम्म लाइन जोड्न नहुने भन्दै अडान लिएका आचार्य र पुनलाई साउन १५ मा लिखित स्पष्टिकरण माग गरिएको थियो ।

साउन १८ मा नै बmुभाइएको स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै समिति सदस्यबाट हटाउने निर्णय भएको हो ।