Breaking

संविधान संशोधनविरुद्ध भ्रम फैल्याउनेहरू क्रियाशील छन् : प्रधानमन्त्री ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनविरुद्ध भ्रम फैल्याउनेहरू मुलुकमा क्रियाशील रहेको बताएका छन् ।

प्रतिपक्ष दलले प्रतिगमनका लागि कांग्रेस–एमालेले संविधान संशोधनको विषय उठाएको भन्दै आलोचना गरिरहेका बेला प्रधानमन्त्री ओलीको आफूहरूले स्टन्टबाजीको रूपमा कुनैपनि काम नगर्ने बताए ।

एमाले मुख्यालयमा आयोजित पार्टी पदाधिकारी तथा केन्द्रीय सदस्यको शपथग्रहणमा उनले सत्तारुढ गठबन्धनले कुनैपनि खालको भ्रम सृजना गर्नेगरी काम नगर्ने बताए ।