Breaking

कांग्रेसको सकिने बाटो, फेरि–फेरि कम्युनिस्टकै पुच्छर, देउवा रिझाउन आरजु बोकेका गगन–शेखर (भिडियोसहित)


काठमाडौँ— प्रतिपक्षमा हुँदा मुखर नेपाली कांग्रेस सत्तारोहणसँगै छायामा परेको छ । धन्न उत्तिकै शक्ती शेयर गरिरहेको उसले न त सरकारमा काम देखाउन सकेको छ, न पार्टि सुदृढिकरण नै । बरु प्रमुख प्रतिस्पर्धी एमालेलाई गाली गर्ने एजेण्डा समेत गुमाएको कांग्रेस कागजी बाघमा सिमित हुँदै छ ।

माओवादीले धोका दिएपछि प्रतिपक्षमा पुग्दा मुखर सुनिएको नेपाली कांग्रेस सत्तारोहणसँगै मौन देखिन थालेको छ । उत्तिकै शक्ती बराबरको एमालेसंगको सहकार्यले दुईतिहाई शक्तीसहितको सरकारको हिस्सा बनेपनि उसको उपस्थिती त्यहा समेत कमजोर देखिएको हो । बरु यसैले महामन्त्रीहरुको वोली बन्द भएको छ भने प्रधानमन्त्री केपी शर्मा ओलीका अघि मन्त्रीहरुको अवस्था समेत कमजोर देखिन्छ । त्यस्तै प्रदेशदेखि केन्द्रसम्मै गुण्डाहरुलाई मन्त्री बनाएको आक्षेप छ भने काण्डहरु मिलाउन नयाँ समिकरण बनेको आरोप असत्य सावित गर्ने हैसियतमा समेत कांग्रेस छैन । यो समिकरण बनाएको जस लिदै आरजु राणा जस्ता विवादीत व्यक्तिलाई मन्त्री स्वीकार्न महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माहरु बाध्य बने ।

उनी पनि राजदूत भेट्नमै व्यस्त रहँदा कांग्रेसका अन्य मन्त्रीहरु ओलीको छाया भन्दामाथि उठ्न सकेका छैनन् । यता महामन्त्रीहरुलाई त एमाले र ओली विरुद्धका विगतका वोली अहिले उनीहरुमाथिको प्रहार विषय बनेको छ भने केहि गर्ने अपेक्षा गरेका स्वास्थ्यमन्त्री प्रदीप पौडेल गन्जागोलमै हराएका छन् । यसलाई एजेण्डाविहिन कांग्रेसको अवस्थाका रुपमा व्याख्या गरिदाँ गृहमन्त्रीको वोली समेत बन्द भएको छ । विगतमा सहकारी र फायलको मुद्धा उठाँउदै संसदमा चर्को सुनिने उनी अहिले उत्तर दिने अवस्थामा छन् । तर रवि लामिछाने विरुद्ध प्रमाण रहेको उनको दाबी कहाँ गयो ? फायलहरु किन खोलिएन भन्ने ? प्रश्नलाई विपक्षीले मुद्धा बनाउन थालिसकेका छन् ।

यी सबै प्रश्नका उत्तरविहिन गृहमन्त्री लेखक अहिले सबैकुरा कानुनी राज र लोकतन्त्रका पक्षमा काम गर्ने गरेको भन्दै टालटुले जवाफमै सिमित छन् । यता आकारका हिसावले ठूलो दलभएकै कारण कांग्रेसमाथि सबैभन्दा प्रश्न छ । तर ओलीलाई कज्याउन सक्ने हैसियतमा कांग्रेस छ । यहिकारण उनीहरुको अहिलेको काम शेरबहादुर देउवा प्रधानमन्त्री हुने समय कुर्ने भन्दा माथि नदेखिदाँ पार्टिको हालत पनि उस्तै छ । देउवालाई प्रश्न गर्ने डा.शेखर कोईराला ओलीसंग मिल्नुपर्ने बाटोमै राजनीति हिडेपछि वोल्ने अवस्थामा छैनन् । फलत ः देउवामाथि प्रश्न गर्ने उनीहरु भाग खोज्ने र आगामी महाधिवेशनमार्फत उनको उत्तराधिकारी हुने दाउभन्दा माथि उठेका छैनन् । अझ रोचक त के छ भने निर्वाचनको १९ महिना बितिसक्दा कांग्रेसले संसदीय दलको उपनेता समेत चयन गरेको छैन । देउवा २०७९ पुस ६ गते दलको नेता चयन भएका थिए । तर, आकांक्षी धेरै हुँदा देउवाले अहिलेसम्म उपनेता चयन गर्न सकेका छैनन् । संसदीय दलको नेता अनुपस्थित रहे निर्णयमा समन्वय गर्ने अधिकार उपनेतालाई रहेको हुन्छ । तर त्यसैमा कांग्रेसको यो अलमलले उसको हालत समेत प्रतिविम्बित बनिरहेको छ ।

हुन त ओलीजस्ता व्यक्तिसंग कांग्रेसको गठबन्धन टिक्नेमै प्रश्न छ । यहिकारण साँतबुँदे सहमती कार्यान्वय भएमात्रै पनि सरकार र दुवै दल सफल भएको मान्नुपर्ने राजनीतिक विश्लेषकहरु बताउँछन् । तर सत्तामा गईसकेको कांग्रेस भोली त्यहि एमालेसंग भिड्नगरि पार्टि सुदृढिकरण समेत गनुपर्ने बाध्यतामा छ । अब अरुलाई गाली गरेर चुनाव जित्ने उसको वहाना सक्किसकेको छ । तर भातृसंगठनको हाल वेहाल र पार्टिकै हाल डामाडोल भएको कांग्रेस कागजी बाघ बन्दै गएको महसुस समेत गर्न सकिरहेको छैन ।