Breaking

माधवलाई प्रेम आले घाँडो, प्रचण्डसँगको एकता, आदी पार्टी एमालेमा विलय हुँदै (भिडियोसहित)


काठमाडौँ— नेकपा एकृकीत समाजवादीले महिना दिन लगाएर केन्द्रीय कार्य समितिको घोषणा गरे पनि सबै नेताहरू सन्तुष्ट हुन सकेका छैनन् । पार्टीको विधान विपरीत नै गएर केन्द्रीय सदस्य मनोनीत गरेको पार्टी नेतृत्वको सकस झनै बढ्दो छ । पार्टीको आन्तरिक विवाददेखि राष्ट्रिय राजनीतिमा समेत सङ्कटको भूमरीमा पर्दै आएका माधव नेपालको खड्गो अझै टरेको छैन।

महाधिवेशन सम्पत्र भएको महिना दिनपछि नेकपा एकीकृत समाजवादीले केन्द्रीय सदस्यको टुङ्गो लगाएको छ । पार्टीको विधानमा २१ पदाधिकारी सहित दुई सय ९९ सदस्यीय केन्द्रीय कार्य समिति हुने उल्लेख भए पनि आकांक्षीहरू धेरै भएपछि बढाएर तीन सय ४४ जना पु¥याइएको छ । असार १६ गतेदेखि ६ दिन लगाएर समापन गर्दा ९३ सदस्यलाई मनोनीत गरेको पार्टीले शुक्रबार बाँकीका थप २ सय ५१ जनालाई समेटेर केन्द्रीय समिति पुरा गरेको हो । यो सँगै दशौं राष्ट्रिय महाधिवेशनले पूर्णता पाएको पार्टीले बताएको छ । तर, महाधिवेशनले माधव नेपाललाई अध्यक्षमा, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई दोहो¥याएको एकीकृत समाजवादीले बाँकी पदाधिकारीको टुङ्गो लगाउँन भने अझै सकेको छैन ।

नेकपा एमालेबाट विभाजन भएर माधवकुमार नेपालको नेतृत्वमा तीन वर्षअघि निर्माण भएको पार्टीले केन्द्रीय सदस्यमा यत्रो जम्बो टोलीलाई अटाए पनि नेताहरू रिझाउन सकेको छैन । केन्द्रीय सदस्य बत्रे आशमा नै एमाले छोडेर एकीकृत समाजवादी रोजेका नेताहरूले यहाँ पनि केन्द्रीय सदस्यको टीको लगाउन नपाउँदा असन्तुष्ट छन् । यता, दुई÷दुई पटक गरेर जम्बो केन्द्रीय सदस्यको नाम टुङ्गो लगाउँदा पनि पार्टीका प्रभावशाली नेता तथा दुई पटक मन्त्री भईसकेका प्रेम आले मगर अटाउन नसक्दा पार्टीभित्र अर्काे विद्रोह हुने सङ्केत गरेको छ । बिहीबार मात्रै पनि एकीकृत समाजवादी छोडेर एमाले फर्किएका मुकुन्द न्यौपानेलाई स्थायी कमिटी सदस्य र लिलानाथ श्रेष्ठलाई मधेश प्रदेशको इञ्चार्ज बनाएर ठूला अफर दिँदा माधवलाई अर्काे हैरानी आई परेको छ ।

पार्टीभित्रको आन्तरिक विवाद र प्रतिष्पर्धाले सकसमा परेका माधव नेपाल राष्ट्रिय राजनीतिमा पनि सङ्कटको भूमरीमा छन् । नयाँ समीकरणको केन्द्र सत्ताबाट हात धुनु परेको एकीकृत समाजवादीलाई प्रदेशमा पनि धक्का लागेको छ । चार सांसदको हवाला दिँदै सूदुर पश्चिम प्रदेशमा मुख्यमन्त्री खाईरहेको माधवको पार्टी अल्पमतमा पर्दा राजीनामा दिन बाध्य बन्दा प्रदेशबाट पनि सत्ता बाहिर हुनु परेको छ । त्यस्तै माओवादीको हरेक कदममा साथ दिँदै आएको एस, समाजवादी मोर्चामा सामेल छ । तर, आफै डुब्न लागेको घाम भईसकेको मोर्चाबाट प्रचण्डले मात्र फाइदा लिने सङ्केत गर्दा माधव ठण्डाराम हुने देखिन्छन् । समाजवादी मोर्चाबाट नै प्रचण्डले विप्लव र महेन्द्रराय यादवलाई माओवादीमा समावेश गर्ने सम्भावना बढ्दै जाँदा सुख दुःखको साहारा बनेका प्रचण्डसँगको विछोडले पनि उनी सङ्कटतिर ढकेलिँदै गएका छन् । अहिले साचिकै भत्रे हो भने माधवको पार्टी वाणको चितामा सुतेका भीष्मपीतामहकै अवस्थामा छ । न त आरामसँग प्राण छोड्न सकेको छ, न चिताबाट उठ्न सकेको छ । पार्टीले आन्तरिक लोकतन्त्रको अभ्यासलाई बेवास्ता गर्दै महाधिवेशन सम्पत्र गरे पनि नेतृत्वको सकस भने झनै बढ्दै गएको छ ।