Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

कर्णाली

कर्णालीका मुख्यमन्त्री कँडेलले २१ साउनमा विश्वासको मत लिने तयारी


काठमाडौँ— कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले २१ साउनमा विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री कँडेलले विश्वासको मत लिनका लागि आज प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराइसकेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री कँडेलले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् । यसअघि माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री भएका कँडेलले गत १३ वैशाखमा पहिलो पटक विश्वासको मत लिएका थिए । तर संघमा कांग्रेस र एमालेको गठबन्धन बनेपछि प्रदेशमा पनि त्यहीअनुसारको गठबन्धन बनेको छ । कँडेल नेतृत्वको मन्त्रिपरिषदबाट माओवादी बाहिरिएको छ भने कांग्रेस सहभागी भएकोछ ।

सरकारमा सहभागी दलले सरकार छाडेपछि वा समर्थन फिर्ता लिएपछि ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार मुख्यमन्त्री कँडेलले विश्वासको मत लिन लागेका हुन् ।

४० सदस्यीय कर्णाली प्रदेशसभामा मुख्यमन्त्री कँडेलले विश्वासको मत पाउनका लागि २१ जनाको समर्थन पाउनुपर्छ। प्रदेशसभामा कँडेलको दल नेकपा एमालेका १० सांसद छन् भने उनलाई समर्थन गर्ने दल नेपाली कांग्रेस १४ सांसद छन् ।

यसबाहेक नेकपा माओवादी केन्द्रका १३, रापप्रा र नेकपा एकीकृत समाजवादीका १/१ र स्वतन्त्र सांसद १ जना छन् ।