Breaking

काभा वुमन्स नेसन्स कपमा नेपालले आज भारतको सामना गर्दै


काडमाडौँ – घरेलु भूमिमा भइरहेको काभा वुमन्स भलिबल नेसन्स लिगमा नेपालले आफ्नो दोस्रो खेलमा आज भारतसँग प्रतिस्पर्धा गर्दैछ । खेल त्रिपुरेश्वरस्थि राखेपको कभर्डहलमा दिउँसो ३ बजे सुरु हुनेछ ।

नेपालले उद्घाटन खेलमा श्रीलंकालाई सोझो सेटमा पराजित गरेको थियो । उता भारतले लगातार दुई खेल जितिसकेको छ । पहिलो खेलमा इरानलाई ३-१ ले हराएको भारतले दोस्रो खेलमा माल्दिभ्सलाई सोझो सेटमा पराजित गरेको थियो । भारत लिग चरणमा आफ्नो तेस्रो खेल खेल्दैछ ।

भारत दुई खेलबाट ६ अंक जोडेर शीर्ष स्थानमा छ । एक खेलबाट ३ अंक जोडेको नेपाल दोस्रो स्थानमा छ ।

नेपाल र भारत महिला भलिबलमा चिरपरिचित प्रतिद्वन्द्वी हुन् । तर नेपालले अहिलेसम्म भारतलाई हराउन सकेको छैन । त्यसैले नेपाली टोली घरेलु कोर्टमा घरेलु समर्थकको साथमा भारतविरुद्ध ऐतिहासिक जित निकाल्ने लक्ष्यमा छ ।