Breaking

रविलाई मौका, पार्टीको ‘ड्यामेज कन्ट्रोल’ भए अर्को ढोका खुल्ने, ‘क्लोज क्याम्प’मा के हुँदैछ ?


सत्तारोहणसंगै निरन्तर प्रहारमा परेको राष्ट्रिय स्वन्तन्त्र पार्टी ड्यामेज कन्ट्रोल गर्ने रणनीतिमा लागेको छ । त्यसका लागि बर्खास्तमा परेका महामन्त्रीको विधानमा खेल्ने प्रयासदेखि संगठन विस्तारसम्मपार्टी लागेको छ । संगै क्लोज क्याम्पमार्फत नै समाधान खोज्ने रास्वपाका अरु कार्य र रणनीति के के छन् त ?

एकपछि अर्को नेताहरु काण्डमा फस्दा तथा महामन्त्री नै विद्रोहमा उत्रिएपछि क्षती व्यहोरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी समाधानमा जुटेको छ । एकातर्फ सत्तारोहणपछि नतिजा दिन नसकेको र अर्कातर्फ सभापति रवि लामिछाने शुरुवाटै विवादमा तानिएपछि पार्टीको क्रेज दिनप्रतिदिन घट्दो छ । त्यसमा ढाकाकुमार श्रेष्ठ जस्ता व्यक्ति आर्थिक अनियमिततामा मुछिँदालामिछानेविरुद्ध सहकारी रकम हिनामिनाको छानबिन जारी छ । राहदानी दुरुपयोगको मुद्दा अझै किनारा लाग्न सकेको छैन । ती मुद्दाबाट लामिछानेले कहिले उन्मुक्ति पाउने हुन् निश्चित छैन ।

त्यस्तै उपसभामुख इन्दिरा रानामगरमाथि नै मानव तस्करीको आरोप लाग्दा पुराना दलहरुलाई प्रश्न गर्ने र ठूला कुरा गर्ने नैतिक धरातलसमेत पार्टीले गुमाउँदै छ । यहीबीचमा पार्टीलाई राजनीतिक रुप दिने तथा दस्तावेजसम्म तयार गर्ने महामन्त्री डा.मुकुल ढकालले पार्टी विवेकशीलकै हालतमा पुग्न लागेको बताएपछि त रास्वपाको हालत अझ बिग्रियो ।

यतिमात्र नभएर ढकालले योबीचमा प्रधानमन्त्री हुन लामिछाने कुनहदसम्म गए र डा.स्वर्णिम वाग्लले राष्ट्रहित विपरित हुनेगरि के केसम्म गर्न खोजे भन्ने विषय समेत छताछुल्ल पारिदिएका छन् । जसप्रति धेरैको विश्वास नरहेपनि रास्वपाले समेत मौका पाउँदा र शक्तीमा जान राष्ट्रिय सम्प्रभुता नै दाउमा राख्न सक्ने संकेतसमेत यसले दिएको छ ।

सबैभन्दा महत्वपूर्ण विषय त पार्टी कमिटी प्रणालीभन्दा व्यक्ति हाबी हुँदा पार्टी सांगठनिक पद्धतिमा जान सकेको छैन । जसलाई ढकालले बाहिर ल्याउँदा अब रास्वपासंगठन स्वरुप फेर्नेदेखि विस्तार गर्नेसम्मको तयारीमा छ । त्यसको थालनी कर्णालीबाट शुरु गर्ने केन्द्रीय समितिको बैठकले निर्णय गरेको छ। त्यस्तै विधानत ढकालले गर्नसक्ने ड्यामेज कम गर्न निर्वाचन आयोगमा पत्र पठाएको रास्वपाले उनको स्थानमा कसैलाई मनोनित गर्ने भन्दा नजिकिदो महाधिवेशनबाटै खोज्ने बाटोलिएको छ । त्यस्तै राष्ट्रियतामाथि धावा बोलेकोदेखि विदेशीको गुलाम भएको आरोपविरुद्ध सदनमै भिड्नेकाम गरेको रास्वपाले पार्टीको भावी रणनीति तय गर्न कार्यशाला नै आयोजना गरिरहेको छ।

योबीचमा जलेश्वर बैठकले लिएको नितिलाई अब महाधिवेशनसम्म लाने तयारीमा रास्वपा छ । अर्थात केहि गर्न नसकेपनि प्रदेशविरुद्ध उभिएर अरुभन्दा फरक देखिन खोज्ने रणनिति अव रास्वपाले अख्तियार गर्ने भएको छ । सरकारमा हुँदा चार थानमन्त्रीले गरेको कामको व्याज खाने बाटो पनि अङ्गालेको छ । त्यसको शुरुवात सुमना श्रेष्ठले सदनबाट गरिसक्दामाओवादीलगायतको प्रतिपक्षी कित्ताबाट अलग रहने तर एकल मुद्धा लिएर अघि बढ्ने संकेत रास्वपाले गरिसकेको छ ।

अर्थात सत्ताबाट वहिर्गमित उनीहरुका लागि एक किसिमले फाईदाजनक नै बन्दा हिजो आफैँमाथि उठेका प्रश्न उनीहरुलेसत्तापक्षमाथि गरिरहेका छन् । यद्यपि वरिष्ठ पत्रकार युवराज घिमिरे भने सत्ताच्युत भएपछि उनीहरु आफैँले विश्वास गुमाएको बताउँछन् । फलतःपार्टीभन्दा रविले चाल्ने कदम र गर्ने आत्मसमिक्षा महत्वपूर्ण हुने उनको तर्क छ ।

हुन त प्रमुख दलहरु नै मौन बस्दा उपसभामुख रानामाथिको प्रश्न केही हदसम्म मत्थर भइसकेको छ । त्यस्तै ढकालले नै रोकेको प्रदेश र स्थानीय तहलाई अधिकार दिने कामलाई हटाउँदै महाधिवेशन अघि नै अधिकार प्रत्यायोजन गर्ने बाटोमा रास्वपा छ । यसले तल्लो तहमा देखिएको असन्तुष्टि केहि कम हुने आशा गरिँदासैन्दान्तिक रुपमै प्रश्न उठेपछि विधान संसोधनको लागि समितिसमेत गठन भएको छ ।

अबपार्टीको काँचुली नै फेर्ने गरि काम गर्ने रास्वपा नेताहरुको संकेतका रुपमा बुझिँदा अरु दलले जस्तो भिड्नेभन्दा गल्ती स्वीकारेर अघि बढ्ने बाटो उसका लागि लाभप्रद छ । किनभने अहिले रास्वपाको ओरालो यात्रा शुरु भइसके पनि एकचोटी काम गर्न दिनुपर्ने जनमत भने अत्याश लाग्दो तरिकाले घटी हालेको छैन ।