Breaking

शेखर र गगनलाई महाधिवेशनको ज्वरो, देउवाले पार्टी कब्जा गर्ने डर, उत्तराधिकारीहरु चुपचाप


काडमाडौँ – नेपाली कांग्रेसको प्रत्येक चार÷चार वर्षमा महाधिवेशन हुने विधानतः पार्टीको प्रावधान नै छ । २०७८ मंसिरमा चौधौँ महाधिवेशन सम्पत्र गरेको कांग्रेसको १५ औं महाधिवेशन आउन अझै दुई वर्षभन्दा बढी समय बाँकी नै छ । तर, अहिलेदेखि नै कांग्रेसका नेताहरू आगामी महाधिवेशन केन्द्रित भएर त्यसको तयारीमा जुट्न थालेका छन् ।

देशकै सबैभन्दा ठूलो, पुरानो तथा सत्तारूढ दल नेपाली कांग्रेसका नेताहरू महाधिवेशन पूर्व नै त्यसको झल्को दिने गरी अघि बढी रहेका छन् । जसले ‘बच्चा पाउने कहिले कहिले, भोटो सिउनु अहिले’ भत्रे नेपाली उखानको चरितार्थ भइरहेको छ । पार्टीको विधानले प्रत्येक चार÷चार वर्षमा महाधिवेशन गर्ने व्यवस्था गरे पनि पार्टी सभापतिलाई थप एक वर्ष समय थप्ने अधिकार छ । विगतका सबै सभापतिहरूले पनि त्यसको प्रयोग गर्दै आएका छन् भने वर्तमान सभापति शेरबहादुर देउवाले पनि गत महाधिवशेन अघि त्यसैलाई निरन्तरता दिएका थिए । र यसपटक पनि देउवाले आफूले पाएको अधिकारलाई प्रयोग गर्र्दै महाधिवेशनको अवधि एक वर्ष लम्ब्याउने निश्चित छ । यसरी हेर्दा कांग्रेसको महाधिवेशन आउन अझै चोख्खो दुई वर्ष चार महिना बाँकी छ । तर कांग्रेसभित्र भने नेताहरू महाधिवेशनलाई लक्षित गरेर आ–आफ्नै खाले रणनीति बुनिरहेका छन् ।

विधानले व्यवस्था गरे अनुसार दुई पटक पार्टी नेतृत्व गरिसकेका र उमेरका कारण पनि विश्राम लिने अवस्थामा पुगेका शेरबहादुर देउवा आफू शक्तिमा हुँदा नै पत्नी आरजू राणा देउवालाई आगामी महाधिवेशनसम्ममा पार्टीको प्रभावशाली नेताका रुपमा स्थापित गर्ने योजनामा छन् । समानुपातिक सांसददेखि प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृति स्रोत समितिको सभापति हुँदै परराष्ट्र मन्त्रालय जस्तो पदमा पुगेकी आरजु छोटो समयमा नै तीन महत्वपूर्ण जिम्मेवारी सम्हालिरहेकी छन् ।

१४ औं महाधिवेशनमा ६०–४० प्रतिशतको मतान्तरले पराजित भएकै दिनेदेखि १५ औं महाधिवेशनको तयारीमा लागेका शेखर कोइराला काठमाडौंका नेता नेताको घरघरमा पुगिरहेका छन् । गिरिजाप्रसाद कोइराला पुत्री सुजाताको पनि साथ रहेको सन्देश दिन खीर खाने कार्यक्रम गर्दै एकजुट भएको पुष्टि गरे ।

आगामी महाधिवेशनमा पार्टीभित्र गुमेको कोइराला परिवारको विरासत पुनः फर्काउन शेखर–सुजाताको मिलनले कोइरालाहरु एक हुने सन्देश दिन खोजिरहँदा वीपी पुत्र शशांकको भने देउवाकै उत्तराधिकारी बनेर पार्टी नेतृत्वमा जाने दाउँमा छन् । गएको दुई अधिवशेनसम्म देउवालाई नै सहयोग गरेका शशाङ्क अहिले पनि उत्तराधिकारी बन्ने होडमा हुँदा देउवाको प्रत्येक कदमको सहयोगी बनेका छन् ।

उपनेता तोक्ने बित्तिकै देउवाको उत्तराधिकारी स्पष्ट रुपमा देखिने हुँदा संसद्मा उपनेताविहीन बनेको कांग्रेसबाट उपयुक्त र अनुभवी नेतालाई बनाउनु पर्ने भन्दै घुमाउरो तरिकाले आफँै उपनेता बत्र उनी जुटेका छन् ।
सभापति देउवाको उत्तराधिकारी बत्र चुप बसेकाहरू भित्रभित्रै खेल खेलिरहेका छन् । देउवालाई सभापति बनाएकै भरमा पार्टीको तर्फबाट नेतृत्व गर्दै ओली नेतृत्व सरकारमा शहरी विकास मन्त्री बनेका प्रकाशमान सिंह पनि उपप्रधानमन्त्री कै जगमा ७७ वटा जिल्ला पुगेर महाधिवशेनका लागि आफ्नो पकड जमाउने तयारीमा छन् ।

महाधिवेशनकै तयारीमा जुटेका महामन्त्री गगन थापा मन्त्री पद नखाएर सभापतिको होडमा हुँदा संवाद यात्रा भन्दै जिल्ला जिल्ला पुगिरहेका छन् । यसबाहेक पार्टीभित्र गुट चलाउने बिमलेन्द्र निधि, पूर्णबहादुर खड्कालाई पनि महाधिवेशनको रन्कोले छोएको छ । कांग्रेसभित्र एक ठाउँमा उभिन नसकेर विभित्र समूह र गुट चलाइरहेकाहरू महाधिवेशन आउनु दुई वर्षअघि देखिनै आ–आफ्ने खाले पूर्वतयारी गरिरहेका छन् । बेलानाका बेला धौबजी मेला भने झै कांग्रेसभित्र देखिएको यो आन्तरिक गुटगत राजनीतिले महाधिवशेन आउन लामो समय बाँकी भए पनि नेताहरू भने त्यसैको रटानमा लागेका छन् ।