Breaking

काभा वुमन्स भलिबलमा श्रीलंकालाई हराउँदै नेपालको सुखद सुरुवात


काठमाडौँ – काभा वुमन्स सन्स लिगको पहिलो खेलमा नेपालले श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गरेको छ ।

नेपालले श्रीलंकालाई २५-१९, २५-१८ धर २५-१९ ले पराजित गरेको हो । दोस्रो सेटमा ४-२ ले अग्रता लिएको श्रीलंकाले अग्रता जोगाउन सकेन । पहिलो सेटमा एकतर्फी जित निकालेको नेपालले दोस्रो सेटमा भने केही गल्ती गर्न पुग्यो। तर श्रीलंकन टिमको रिसिभ र ब्लकमा समस्याका कारण फराकिलो अन्तरले जित्यो ।

तेस्रो सेटमा ७(३ ले पछि परेको नेपालले टाइम आउट लियो । त्यसपछि पनि नेपाल १५-१५ को स्थितिमा आएर कमब्याक गर्‍यो । त्यसपछि भने नेपालले अग्रता बनाउँदै जित हात पार्‍यो ।