Breaking

२८०० नाघेर घट्यो सेयर बजार, पौने २२ अर्बको कारोबार


काठमाडौँ – कारोबार भइरहँदा १२ : ३७ बजे २८०५ अंकसम्म पुगेको सेयर बजार अन्ततः २७५५ अंकमा झरेर बन्द भएको छ ।

अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५।२९ अंक घटेको हो । परिसूचक घट्दा पनि कारोबार रकम उल्लेख्य छ । अघिल्लो दिन २१ अर्ब ९१ करोडको कारोबार भएर उच्च रेकर्ड बनेको थियो । यस दिन भने २१ अर्ब ७१ करोडको कारोबार भयो ।

७४ कम्पनीको मूल्य बढ्दा १६४ को घट्यो भने ३ को स्थिर रह्यो । बिहीबार बीमा सेक्टरले बजारमा नेतृत्व गरेको छ । जीवन बीमा समूह सबैभन्दा धेरै ३.६९ प्रतिशत तथा निर्जीवन बीमा १.७४ प्रतिशत बढ्यो । लगानी २.७४, फाइनान्स १.७७, होटल तथा पर्यटन ०.३५ प्रतिशत बढे ।

बैंकिङ १।३९, विकास बैंक ०.७९, हाइड्रोपावर १.९० उत्पादन १.०४, माइक्रोफाइनान्स ०.८२, अन्य ०.२२ तथा व्यापार समूह ३.५४ प्रतिशत घटे । समग्र बजार घट्दा पनि ८ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ ।

एचआईडीसीएल, नेपाल हाइड्रो डेभलपर्स, शुभम पावर, सिटी होटल, कुथेली बुकरी स्मल हाइड्रोपावर, प्रोग्रेसिभ फाइनान्स, नेपाल फाइनान्स र सानिमा माइ हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो ।

पिपुल्स हाइड्रोपावरको ९, रसुवागढी हाइड्रोपावरको ७, अपर सोलु हाइड्रोपावरको ६.७ तथा मन्दाकिनी हाइड्रोपावरको ६.५ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, सीईडीबी हाइड्रोपावर, नेपाल फाइनान्स तथा निफ्रा क्रमशः अगाडि रहे ।