देश

मिडिया अलाइन्स नेपालले आमसञ्चारमाध्यममा देखिएका समस्या सम्बोधन गर्न माग गर्दै बुझायो ज्ञापन पत्र


मिडिया एलाइन्स नेपालले आमसञ्चारमाध्यममा देखिएका समस्या समाधानको माग गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललाई ज्ञापन पत्र बुझाएको छ ।
आज सिंहदरबारमा मिडिया एलाइन्स नेपालका अध्यक्ष भाष्करराज राजकर्णिकारसहितको टोलीले आमसञ्चारमाध्यममा देखिएका समस्या समाधान गर्नराहत र कर छुटको व्यवस्था लगायतको माग समेटिएको ज्ञापन पत्र अर्थमन्त्री पौडेललाई बुझाएको हो ।

एलाइन्सले आम सञ्चारमाध्यमलाई दिइने विज्ञापनमा रकमको सीमा नलाग्ने व्यवस्था गरिदिन, मदिराजन्य पदार्थको विज्ञापनमा लगाइएको रोक खुला गर्न, सम्पूर्ण विज्ञापनहरु विज्ञापन बोर्डमार्फत नगर्न, लोककल्याणकारी विज्ञापनमा समयअनुसार वृद्धि गर्न, सञ्चारमाध्यमलाई तीन प्रतिशत ब्याजदरमा सहुलियत ऋण उपलब्ध गराइदिन माग गरेको छ ।

एलाइन्सले बुझाएको ज्ञापनपत्र बुझ्दै उपप्रधानमन्त्री एवम् अर्थमन्त्री पौडेलले आम सञ्चारमाध्यममा देखिएका समस्या समाधानका लागि पहल गर्ने बताउनुभयो । उँहाले एलाइन्सले उठाएका मुद्दाहरुबारे सघन ढंगले गृहकार्य गरेर समाधानको पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ । उपप्रधानमन्त्री पौडेलले राजनीतिक परिवर्तनका लागि आम सञ्चारमाध्यमले पु¥याएको भूमिकाको प्रशंसासमेत गर्नु भयो ।
०००