Breaking

बेचनको प्रमाण खोज्दै तीन देशमा प्रहरी, भारत र नेपालमै सेटिङ


काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणकामा पक्राउ परेका आरोपी बेचन झासँग भारतको पनि नागरिकता रहेको अनुसन्धानको क्रममा खुलेको छ ।जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको अनुसन्धानका क्रममा झासँग भारतको बिहार राज्यस्थित मधुवनीबाट समेत आधार कार्ड बनाएको फेला परेको हो । पक्राउ परेको ३४ दिन पूरा भइसक्दाउनीमाथिको अनुसन्धान कहाँ पुग्यो ।

नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित बेचन झा पक्राउ परेको मंगलबार ३४ दिन पूरा भएको छ । उनी हालसम्म प्रहरी हिरासतमै छन् । तरथुप्रै अनुसन्धानमा सफलता हात पारेको नेपाल प्रहरीलाई हिरासतमै रहेका आरोपितमाथिकोछानबिन भने फलामको चिउरा चपाए सरह भएको छ । सरकारै ढाल्न सक्ने बेचनको कनेक्सन देशभित्र मात्र नभइ बाहिरसम्मै रहेको आशंका छ । तर उनले दिएको इन्कारी बयानले प्रहरी हायलकायल बनेको छ ।

सार्वजनिक भएको उनको भनिएको अडियो आफ्नो नभएको, रामशरण केसीबाट चेक नलिएको, टेक नारायण र सचिव रामशरण पाण्डेलाई आफूले नचिनेको बयान प्रहरीलाई दिएका छन् । झाले नेपाली नागरिकलाई भुटानी बनाइ अमेरिका पठाउने कार्यमा आफू संलग्न नभएको, बेकारमा आफ्नो नाम जोडेर आरोप लगाएको भन्दै इन्कारी बयान दिएका हुन् । संगठित अपराधको हकमा आरोपितलाई प्रहरीले ६० दिनसम्म राखेर अनुसन्धान गर्न पाउँछ ।

त्यसपछि सरकारी अदालतमा पेश गर्नु पर्छ । नक्कलीभुटानी शरणर्थी प्रकरणको अहिलेसम्मको अनुसन्धानको प्रकृति र गति हेर्दा बेचन झा यो प्रकरणमा कुनै पनि प्रमाण नपुगेको भन्दै छुटे आश्चर्य मान्नुपर्दैन ।किन किगत असार १३ मा उनी पक्राउ परेपछि असार १५ मा ओली–देउवा भेट हुनु र असार १७ मा सात बुँदे सहमतिसहित सत्ता गठबन्धन परिवर्तन हुनु । यी घटनाक्रमलाई संयोग मात्र मान्न नसकिने तत्कालीन सत्तारुढ र हालको प्रतिपक्षी दलहरुकै आरोप छ । बेचनको कण्ठमा धेरैको नाम अड्किएको छ । त्यो बाहिर आएधेरैकोे बिल्लीबाठ हुने पक्का छ ।

प्रतिपक्षमा रहेको माओवादी र रास्वपाले काण्डहरुको फाइल खोल्ने तयारी गर्दा एकाएक कांग्रेस–एमाले मिल्ने अवस्था बनेको आरोप लगाउने गरेका छन् । यस्तै पछिल्लो समय शरणार्थी प्रकरणमा बेचन झा र प्रतीक थापालाई पक्राउ गरी अनुुसन्धान गरिरहेको डीआईजी मनोज केसीको सरुवाले अनुसन्धान कमजोर र सामसुम बनाउन खोजिएको आरोप सरकारमाथि लाग्ने गरेको छ ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान रचिएको अपराधमा झाले बिचौलियाको भूमिका निर्वाह गरेको आरोपछ । घटनाक्रमलाई हेर्दा बेचनलाई बिचौलिया भनिएको छ । तर मुख्य नाइके को हुन् त? भन्ने गम्भीर रहस्यको पर्दा अझै खुलेको छैन । नक्कली भुटानी शरणार्थी प्रकरण अहिले आएर बेचन झा मै अड्किएको छ । तर न बेचनको मुख खुलेको छ न त बेचनभन्दामाथि पुग्न सक्ने अवस्था छ । हाल प्रहरीले बेचनको दोहोरो नागरिता र उनकी श्रीमतीको नाममा रहेको सम्पत्तिसम्म छानबिन गर्ने भन्दै घटनालाई मोड्न र अल्मल्यान खोजेको देखिन्छ ।

अनुसन्धानको दायरा नक्कली भुटानी शरणार्थीभन्दा पनि बेचन झा केन्द्रीत बनेको छ । यही प्रकरणमा पक्राउ परेका रामशरण केसी र सानु भण्डारीले बेचनले भुटानी शरणर्थी बनाएर अमेरिका पठाउने कार्यमा मन्त्रिपरिषदबाटै निर्णय गराउने गरी काम गरेको बयान दिएका थिए । यसक्रममा बेचनको दुईवटा मोबाइल प्रहरीले डिजिटल फरेन्सिक ल्याबमा पठाएको छ । उनले फोनमा संवाद गरेको अडियो सार्वजनिक रुपमा छताछुल्ल छ ।

अनुसन्धानमा बेचनले गिरोहबाट २ करोड रुपैयाँ बुझेकोखुलेकोप्रहरीकोदाबी छ । यस्ता यथेष्ट प्रमाणहरु हँुदाहुँदै पनि प्रहरीले झालाई घटना स्वीकार गर्ने गरी बकाउन सकेको छैन । दोषीप्रमाणित गर्नै सकेको छैन । अनुसन्धानमा प्रहरीले टालटुल गर्दै समय कटाउने र घटनालाई सामसुम बनाउन सहयोगी भूमिका खेलेको आशंका बढिरहेको छ । अहिले ओली नेतृत्वको सरकारलाई बारम्बार सोधिने यो प्रश्नमा नेताहरु मौन बस्नेदेखि टाउको लुकाउनेसम्मका गतिविधि गरिरहेका छन् । सत्ता पक्षका केही नेताले प्रहरीतर्फ इंगित गर्दै सत्यतथ्य छानविन गरी दोषीमाथि कारबाही हुने ओठे जवाफ दिने र पन्छिने गरेका छन् ।

२०७९ चैतमा नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितहरू पक्राउ पर्न थालेपछि झा फरार थिए । यस प्रकरणमा गत वर्ष नै पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, बहालवाला सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, भुटानी अधिकारवादी नेता टेकनाथ रिजाल, पूर्वसांसद आङटावा शेर्पा, बिचौलियाहरू केशव दुलाल, सानु भण्डारी, पूर्वगृहमन्त्री थापाका छोरा प्रतीक थापा र सन्देश शर्मासहित ३० जनाविरुद्ध राज्यविरुद्धको अपराधसहित ४ वटा कसुरमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अदालतमा मुद्दा दायर गरेको थियो ।

जुन अहिले विचाराधीन अवस्थामा छ । यसबीचमा खाण भने धरौटीमा छुटेका छन् ।हाई प्रोफाइल व्यक्ति जोडिएको यो काण्डमा प्रहरीलाई स्वतन्त्र रुपमा काम गर्न नदिने र प्रहरीलाई घटना दबाउन प्रयोग गर्ने पहिले देखिको परिपाटी रहेको र यो घटना पनि त्यस्तै हुने पूर्वडीआइजी केशव अधिकारीको दाबी छ । उनले यो घटना टुंगामा पुग्नै नदिने जिकिर गरे ।

बेचनका छोरा विभांशुशेखर झाले आफ्ना बुवालाई गैरकानुनी रुपमा पक्राउ गरी हिरासतमा राखेको भन्दै सर्वोच्चमा उजुरी दिएका थिए । धरौटीमा हिरासतमुक्त हुने हल्ला चले पनि सो रिटलाई सर्वोच्चले खारेज गर्दै हिरासतमै राखेर अनुसन्धान गर्न मार्ग प्रशस्त गरेको छ । कानुनविदहरु यस विषयलाई सरकारले सामसुम बनाउन खोजे पनि आफ्नो पक्षबाट गम्भीर रुपमा आवाज उठाउने बताउँछन ।

नेपाल र भारत दुवै देशको नागरिकता लिएका बेचनले २०६३ साल चैत १४ गते जिल्ला प्रशासन कार्यालय पर्साको घुम्ती टोलीमार्फत नेपाली नागरिकता लिएको देखिन्छ । नागरिकतामा उनको जन्मस्थान पर्साको वीरगञ्ज र बुबाको नाम दुखमोचन झा उल्लेख छ ।झासँग भारतको बिहार राज्यस्थित मधुवनीबाटसमेत आधार कार्ड बनाएको फेला परेको हो । बेचन खुंखार बिचौलिया हुन् भन्नेमा दुई मत छैन ।

तर भुटानी शरणार्थी काण्ड बेचन भन्दामाथि उठ्न सकिरहेको छैन । घटनाको अनुसन्धान भएको लामो समय बितिसक्दा र संलग्नहरु पक्राउ पर्दा पनि प्रहरी किन घटनाको निकर्षमा पुग्न सकेको छैन । बेचनभन्दा अन्य पाटोबाट प्रहरीले अनुसन्धान किन गर्न चाहेको छैन?प्रहरीले अन्य प्रतिवादीलाई कहिले पक्राउ गर्छ ?यो विषय सदनदेखि सत्तासम्मै उठिरहेको छ भने राष्ट्रिय मुद्दा नै बनेको छ । राष्ट्रिय राजनीतिलाई समेत प्रभाव पार्न सक्ने यो काण्ड अब कसरी अगाडि बढ्छ सर्वत्र चासो र चिन्ता उतिकै छ ।