Breaking

गृहमन्त्री लेखकलाई रविको चुनौती, टिकापुर काण्डमा चुप


काठमाडौँ – प्रहरीमा व्यापक हस्तक्षेप गर्दै फाइल बन्द गर्नेबाटोमा अघि बढेको आक्षेप खेपेका गृहमन्त्रीको गोजीमा सहकारी ठगको नाम पुगेको छ । विगतमा जीबी राई जस्ता व्यक्ति पक्राउ नपर्दा खरो प्रश्न उठाँउदै आएका गृहमन्त्री रमेश लेखकमाथि अब त्यो जिम्मेवारी थपिएको हो । संगै विपक्षीले समेत फाइलहरुलाई मुद्दा बनाउँदा गृहमन्त्री लेखकको आगामी कदम चासोको विषय बनेको छ । त्यस्तै के अब सहकारी मुद्दा राजनीतिक रंगमा अघि बढेको हो भन्ने प्रश्नसमेत यसले उब्जाएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणलाई सतहमा ल्याएका डीआईजी मनोज केसीलाई सरुवा गरेर फाइल बन्द गर्न लागेको आक्षेप खेपेका गृहमन्त्री रमेश लेखकमाथि अर्को जिम्मेवारी थपिएको छ । यसमा उनले चाल्ने कदमले प्रहरीमाथि व्यापक हस्तेक्षप गरेको दाग हटाउने अवस्था आउने भएपनि जीबी राई जसलाई स्वदेश फर्काउने त्यति सहज छैन । जहाँ अहिले सहकारी छानबिन संसदीय समितिले सहकारीको रकम अपचलन गरी देश बाहिर भागेका १८ जनालाई तत्काल स्वदेश फर्काउन सरकारलाई निर्देशन नै दिएको छ ।

त्यसमा सूर्यदर्शनका ज्ञानबहादुर बम्जन, थानबहादुर राई, भुपेन्द्र राई, सानोपाइलाका तस्विरन खातुन र अश्रफ अली, सहारा तथा सुप्रिमका सुवास केसीलाई पनि झिकाउन भनिएको छ ।यस्तै सुमेरु सहकारीको रकम अपचलनमा संलग्न भएको आरोप लागेका भरत महर्जन, उनकीश्रीमती माजमाया, छोरा सचिन र छोरी सरलालाई पनि तत्काल नेपाल ल्याउन भनिएको छ । त्यस्तै शिवशिखरका तेजबहादुर बम्जन तामाङ, इमेज सहकारीका अध्यक्ष देवकुमार नेपाली र उनकी श्रीमती छेदा, व्यवस्थापक दिपक पौडेल, शिवशिखर सहकारीका लीलानाथ गौतम, कान्तिपुर सेभिङका प्रेमध्वज लामा र मेघाड्रिमका महाशंकर रेग्मीलाई पनि स्वदेश फर्काउन र छानबिन समितिको दायरामा ल्याउन गृहमन्त्रीलाई निर्देशन दिएको छ ।

जहाँ प्रतिपक्षीमा हुँदा रमेश लेखकले नै सहकारीको विषय बारम्बार उठाएका थिए भने जिवी राई जस्ता व्यक्ति पक्राउ नपर्नुमा गृहमन्त्रीको क्षमतामाथि प्रश्न गरेका थिए । फलतः अहिले पनि यो समाधानका लागिभन्दा राजनीतिक मुद्दा बनाइन लागेको त होइन भन्ने प्रश्न उब्जिदा समितिका सभापति एमालेका सूर्य थापा समीकरण परिवर्तनपछि मात्र जुर्मुराएका हुन् । यता गृहमन्त्री लेखकले पनि समितिको निर्देशन सरकारले कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यता विपक्षी भने यो सरकारले फाइल खोल्न नसक्ने भन्दै मुद्दा बनाइरहेका छन् । फलतः उनीहरु प्रहरी अधिकारीको सरुवादेखि गिरिबन्धु र नक्कली भुटानी शरणार्थीको विषय के हुन्छ भन्दै संसदमै प्रश्न उठाउन थालिसकेका छन् । जहाँ सहकारीको विषय उठ्न थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कांग्रेस–एमालेको टार्गेटमा आफ्नो पार्टी परेको बताएका छन् ।सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै लामिछानेले पछिल्लो समय सदनमा प्रधानमन्त्रीका साथै कांग्रेस–एमाले सांसदको अभिव्यक्ति सुन्दा रास्वपा ठूला दलको टार्गेटमा परेको आभाष भएको बताएका हुन् ।

संसद्को पछिल्लो गतिविधिले मुलुकको लागि आवश्यक रहेको दल नै रास्वपा हो भन्ने पुष्टि हुँदै गएको समेत बताएका उनलको अभिव्यक्ति अर्थपूर्ण देखिन्छ । त्यस्तै आफू गृहमन्त्री हुँदा भएको अनुसन्धानलाई पूर्वाग्रह साधेको भन्ने अभिव्यक्तिप्रति समेत उनले आपत्ति जनाउँदा विगतमा सत्ताले गाडेको फायल आफूहरुले रिओपन गरेको उनले सम्झाए । यसले यो सरकारले अरु फायल बन्द गरेर सहकारी अघि बढाउने बाटोमा सरकार अघि बढेको संकेत मिल्न थालेको छ।

हुन त एकले अर्काका फाइल खोलेर वारपार गरेपनि आमनागरिकका लागि भने खुसी कै कुरा हो । जसले ढिलो चाडो अनियमितताका मतियारहरु जेल पुग्ने अवस्था सिर्जना हुने थियो । तर विगतमा पनि राजनीतिक मुद्दा बनेकै कारण नक्कली भुटानी शरणार्थी,ललितानिवास र वासँवारी जुत्ता कारखाना जग्गा प्रकरण देखि सुन काण्डसमेत गुपचुप भए । त्यसपछि सहकारी समेत राजनीतिक मुद्धा बनेकै कारण निष्कर्षमा पुग्न सकेन । जसलाई अवसरका रुपमा प्रयोग गर्न रास्वपासमेत असफल रहँदा फेरि सत्ता र प्रतिपक्षीबीचको आरोप्रत्यारोपको विषय बन्दा सबै फाइलहरु यसैको गर्तमा हराउने पक्का छ ।
,