Breaking

ओलीविरुद्ध फेरि बोले विश्व, रविको निर्णइ लेखकले उल्ट्याउँदा रास्वपामा छट्पटी


प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले समसामयीक बिषय उठान गरेका छन् । बिभिन्न प्रकरणमा प्रतिपक्षी सांसदहरु आक्रमक देखिँदा सत्तारुढ केही सांसदहरुले नै प्रधानमन्त्री र अरु मन्त्री जोडिएका प्रकरणमा अनुसनधानको प्रस्ताव गरेका छन् ।

प्रहरी सरुवा र बिभिन्न प्रकरणबारे प्रतिपक्षी दलहरु सरकारप्रति आक्रमक देखिएका छन् । प्रतिनिधिसभा बैठकमा सांसदहरुले नक्कली भुटानी शरणार्थी, गिरिबन्धु प्रकरणमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । यस्तै डीआईजी मनोज केसीको सरुवाको बिषयले समेत प्रवेश पाएको छ ।

रास्वपाले कांग्रेस–एमाले गठबन्धनमाथि नै प्रश्न उठाउँदै डीआईजी सरुवाबारे बोल्न नाम नलिइकनै कांग्रेस महामन्त्रीहरुलाई चुनौती दिएको छ ।सांसद गणेश पराजुलीले भुटानी शरणार्थी काण्डका आरोपी सरकारमानै रहेकोले उनैलाई जोगाउनसमिकरण फेरीएको बताए । परराष्ट्रमन्त्री आरजु राणा प्रति लक्षित गर्दै उनले भुटानी शरणार्थी काण्डमा जोडिएकालाई मन्त्री पदले पुरस्कृत गर्दा अनुसन्धान गर्ने अधिकृतलाई सरुवा गरेर दण्ड किन दिईयो भन्दै आक्रोस पाखेका छन् ।

गृहमन्त्रालयले डीआईजी डा. केसीलाई विशेष ब्यूरोमा पुगेको दुई महिनामै सरुवा गरेको छ । केसीको आकस्मिक सरुवाले शरणार्थी प्रकरण निस्तेज पार्न खोज्ने षड्यन्त्रका रुपमा धेरैले हेरेका छन् । रास्वपाको जवाफ दिँदै कांग्रेस महामन्त्री शर्मा निवर्तमान गृहमनत्री रविलामिछानेमाथि खनिए । गृहमनत्र िहुँदा उनले मिठो भ्रम फैलाएको भन्दै शर्माले शरणार्थी प्रकरणको फाइल कांग्रेस ससरकारमै रहेको बेला खुलेको स्मरण गराए । गिरीबन्धुदेखि नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल नरोकिने र नयाँ सरकारले स्टन्ट गर्न नहुने शर्माको भनाइ थियो ।

सरकारप्रति रास्वपा आक्रामक देखिए पनि माओवादी भने त्यती शशक्त देखिएको छैन ।यस्तै आजको बैठकमा सांसदहरुले हवाई र सडक दुर्घटना न्यूनिकरणका सन्दर्भम समेत सरकारलाई सचेत गराएका छन् । काँग्रेस सांसद राजेन्द्र बजगाईं, एमालेकी सचेतक सुनिता बराल, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन लगायतका अधिकांस सांसदहरुले हवाई र सडक दुर्घटना हुन नदिनका लागि विशेष ध्यानदिन सरकारको ध्यानाकर्षण गराएका छन् । सौर्य एयरलाइन्स विमान दुर्घटनामा छानबिन गर्नुपर्ने पहिलो व्यक्तिकै भिनाजु नाता पर्ने व्यक्तिलाई छानबिन समितिमा राखेको भन्दै आपत्ति जनाएका छन् । सौर्य एयरलाइन्सको दुर्घटनामा केही गम्भीर प्रश्नहरू उठेको उनको भनाई थियो ।

कांग्रेससांसद राजेन्द्र बजगाईंले बिमान र बस दुर्घटनामा पनि विभेद भएको भन्दै आपत्ति जनाएका छन् । त्रिशुली नदीमा अहिले पनि धेरै यात्रुहरु हराइरहदा हवाइ दुर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा देशको झण्डा आधा झुकाउने निर्णमा आपत्ति जनाए ।

सांसदहरुले जहाज दुर्घटनाको नैतिक जिम्मेवारी लिनुपर्ने तथा नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदपि अधिकारीको राजीनामा मागेका थिए । यस्तै प्रतिपक्षी दलहरु सरकारप्रति खरो उत्रदा प्रमुख प्रतिपक्षीको कित्तामा रहेको माओवादी आक्रामक नदेखिनु र कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले गिरिबन्धु र शरणार्थी प्रकरणमा समेत अनुसनधान गर्न सरकारलाई आग्रह गरेको दृश्य रोचक देखिन्थ्यो ।