Breaking

ट्रम्पले खोले कमलाको पोल, चुनावी युद्ध, ओबामा दम्पतीले बोकेपछि उम्मेद्वारी घोषणा, ट्रम्प राष्ट्रघाति (भिडियोसहित)


काठमाडौँ— आगामी नोभेम्बरमा हुन लागेको अमेरिकी राष्ट्रपति निर्वाचन लागि उपराष्ट्रपति कमला ह्यारिसले आज उम्मेदवारी घोषणा गरेकी छिन् । उनले सामाजिक सञ्जाल मार्फत जानकारी दिदै आफु विजयी हुने विश्वास व्यक्त गरेकिछिन् ।

आगामी नोभेम्बर अर्थात तीन महिनापछि हुन लागेको अमेरिकाको राष्ट्रपति निर्वाचनका लागि उपराष्ट्रपति कमला ह्यारिसले उम्मेदवारी घोषणा गरेकी छिन् । उपराष्ट्रपति ह्यारिसको उम्मेदवारी घोषणासँगै उनी राष्ट्रपति चुनावमा डेमोक्रेटिक पार्टीकी आधिकारीक उम्मेदवार बनेकी छिन् । ह्यारिसले आफु विजयी हुने विश्वासका साथ आफ्नो उम्मेदवारी घोषणा गरेकी बताएकी छिन् । उनले सामाजिक सञ्जाल एक्समार्फत उम्मेदवारीको विषयमा जानकारी दिदै हरेक भोटका लागि कडा मेहनत गर्ने बताएकी छिन् । अब कमला र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पबीच प्रतिस्पर्धा हुने पक्का भएको छ । शक्तिशाली प्रतिस्पर्धी ट्रम्पसंग चुनावमा आमने सामना हुन लागेकी कमलाले कमाल गर्न सक्छिन् कि सक्दिनन् भन्नेसर्वत्र चासो छ । ट्रम्प संगको चुनावी युद्ध कमलाको लागि त्यति सहज छैन । तर बर्तमान राष्ट्रपति जो, वाईडेन र अर्का पूर्व राष्ट्रपति बाराक ओभामाको पूर्ण समर्थन रहेकोले कमलाका लागि असम्भव पनि छैन । डेमोक्रेटिक पार्टीको तर्फबाट कमला ह्यारिस र
रिपब्लिकन पार्टीबाट डोनाल्ड ट्रम्प चुनावी मैदानमा छन् । यी दुई जनामध्ये एकले आगामी चुनाव पछि ह्वाईट हाउसको नेतृत्व गर्नेछन् ।
यसअघिनै आफुले पूर्ण सहयोग गर्ने बाचा सहित ह्यारिसलाई पूर्वराष्ट्रपति बाराक ओबामाले समर्थन गरीसकेकाछन् । ओबामाले ह्यारीसले राष्ट्रपति निर्वाचनमा जित हासिल गर्ने विश्वास व्यक्त गर्दै आफू र श्रीमती मिशेल ओबामाको पूर्ण सहयोग रहने भनेका छन् । ओबामा दम्पतीको सहयोगले ह्यारीसको आत्मबल बढाएको छ ।
सदनकी पूर्वअध्यक्ष न्यान्सी पेलोसीसहित अन्य सबै प्रमुख सम्भावित प्रतिद्वन्द्वीले पार्टीका तर्फबाट राष्ट्रपति पदका उम्मेदवारका रूपमा कमलालाई साथ दिएकाछन् । न्यान्सी डेमोक्रेटिक राजनीतिमा सबैभन्दा प्रभावशाली नेतामध्ये एक हुन् । साथै ह्यारिसलाई धेरै डेमोक्रेटिक नेताहरूले पार्टीको राष्ट्रपतिको उम्मेदवारको रूपमा समर्थन गरिसकेका छन् ।

उपराष्ट्रपति ह्यारिसले चुनाबि अभियानलाई सुरुदेखिनै तिव्रताका साथ अघि बढाएकी छिन् । उनको अभियानले डेमोक्र्याटहरूलाई दोस्रो डोनाल्ड ट्रम्पको राष्ट्रपति हुनबाट रोक्ने नयाँ आशा जगाएको विश्लेणष गरीएको छ । तर आउदो चुनावमा रिपब्लिकन उम्मेदवार एवं पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराउनु उनका लागि सबैभन्दा ठूलो चुनौती हुनेछ । अमेरिकी इतिहासमा अहिलेसम्म त्यहाका जनताले महिलालाई नेतृत्वमा स्विकारेका छैनन् । कमलाले त्यो नजिर चिर्न सके अमेरिकी इतिहासका लागि एउटा कोश ढुङगा सावित हुने छ।
राष्ट्रपति पदका लागि कमला पार्टीको उम्मेदवार बन्नुले एकातिर डेमोक्रेट्समा नयाँ उत्साह दिएको छ भने अर्कोतिर केही कमजोरी उजागर पनि गर्नेछ, जुन जो बाइडेन रेसमा रहँदा कम चिन्ताको विषय बनेको थियो । अहिलेको चुनावी दोडधुप, सर्वेक्षणमा कमलाभन्दा पूर्वराष्ट्रपति ट्रम्प केही अगाडि देखिएका छन् ।
यतिबेला समग्रमा अमेरिकामा हुने राष्ट्रपति चुनावमा कडा प्रतिस्पर्धाको माहौल बनिरहेको छ । पूर्वराष्ट्रपति ट्रम्पप्रति बेरुची र प्रमुख स्विङ राज्यमा मध्यमार्गी मतदातालाई आफूतिर तान्नु कमलाका लागि चुनौती छ ।
यसपल्ट चुनावी अभियानका लागि सबैभन्दा धेरै चन्दा डेमोक्रेट्सले पाएका छन् । उम्मेदवारी घोषणापछि २४ घण्टामा ८ करोड डलरभन्दा बढी धनराशि डोनेसनबाट जुटेको छ । चुनावमा अहिलेसम्म कुनै पनि उम्मेदवारका लागि एक दिनमा उठेको सबैभन्दा बढी रकम हो । बाइडेन–ह्यारिसको चुनाव प्रचारका लागि जम्मा गरिएको फन्डबाट आउने करिब १० करोड डलर कमलाका लागि चुनाव प्रचारमा बलियो आर्थिक आधार हुनेछ ।
कमला ह्यारिस उम्मेदवार बन्दा राष्ट्रपति बाइडेनको उमेरलाई देखाएर घेर्ने ट्रम्पको प्रयास असफल हुनेछ । पछिल्ला केही महिनादेखि चुनाव अभियानमा ट्रम्पले बाइडेनलाई बढी उमेर भएकाले कमजोर र सजिलै भ्रमित हुने भन्दै निसाना बनाइरहेका थिए । चार साताअघि राष्ट्रपतीय बहसमा बाइडेनको खराब प्रदर्शनपछि यस खालको चर्चा अझ चुलिएको थियो ।

यसअघि चुनावि सभामानै ह्यारिस र ट्रम्पबीच आरोप र प्रत्यारोप चलेको थियो । उपराष्ट्रपति ह्यारिसले पूर्वराष्ट्रपति ट्रम्पलाई अपराधी र ठगको संज्ञा दिएकी थिइन् ।
यता ट्रम्पले ह्यारिसको जवाफमा उनी शासनका लागि योग्य नभएको टिप्पणी गरेकाथिए । । यतिमात्र नभइ ट्रम्पले उपराष्ट्रपति ह्यारिसलाई शासन गर्न अयोग्य बताउँदै ह्यारिसलाई समर्थन गर्ने वामपन्थीलाई पागल समेत भनेका थिए ।