काठमाडौँ— कुनैवेला शक्तीको इपिसेन्टर बनेका पुष्पकमल दाहाल प्रचण्ड अहिले कमजोर प्रतिपक्षमा सिमित बनेका छन् । विपक्षीलाई एक ठाँउमा उभ्याउन नसक्दा एक्लिएका उनी पार्टिभित्रै पनि दोहोरो संघर्षको मारमा छन् । फलल ः उनी ईतिहासमै कमजोर अवस्थामा देखिदाँ कसरी असफल हुँदै छन् त ?
धोका खाएका दलहरु एक ठाँउमा उभिएपछि भित्तामा पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड झनझन कमजोर बन्दै गएका छन् । जुन किन चाउरिस मरिच आफ्नै रागले भन्ने उखान चरितार्थकै अवस्थामा देखिदाँ उनले प्रतिपक्षीको समेत नेतृत्व गर्न सकिरहेका छैनन् । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीे रास्वपाले ‘प्रचण्ड’ ले अभ्यास गर्न खोजेको विपक्षी दलहरूको मोर्चामा आफूहरू सहभागी नहुने जनाईसकेको छ भने साना दल सबै मन्त्री नपाएपनि सत्तातर्फ नै लम्किएका छन् । राप्रपा जस्ता प्रधानमन्त्रीलाई विश्वासको मत नदिएको दल समेत ऐहिमौकामा सरकारलाई सघाउने बाटोमा छन् । त्यो भन्दा महत्वपूर्ण कुरा त जसपा नेपालका उपेन्द्र यादवले समेत प्रचण्डलाई वेवास्ता गर्न थालेका छन् । जसले समाजवादी मोर्चालाई धारिलो पारेर अघि बढ्ने उनको आशामा चोट लाग्दा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा जस्ता दल उनको सहयात्री भएका छन् । बाध्यताले माधवकुमार नेपाल पनि उनको पक्षमा देखिदाँ त्यो दुईतिहाईको सरकारलाई प्रहार गरिहाल्न सक्ने अवस्थाको छैन् ।
त्यस्तैएक त उनको पार्टि दिनप्रतिदिन घट्दो आकारमा छ भने बाध्यता या उनले भनेझै शुसासनकै मारले सहि माओवादी तस्करको पार्टि भएको ट्याग नै लागेको छ । सुन भन्नेसाथ माओवादीका नेता जोडिने यो अवस्था उनलाई कांग्रेसको साथबाट बाहिर ल्याएको एमाले नै सिर्जना गरिदिदाँ पार्टिभित्र पनि प्रधानमन्त्रीका लागि सबैथोक गुमाएको आक्षेप उनीमाथि छदै छ । यता सत्ता पक्षीय नेताहरुले समेत उनको अस्थिर चरित्र र एककअर्कालाई प्रयोग गर्ने शैलीलाई नै नयाँ समिकरणको आधार भएको भाष्य निर्माण गरिरहेका छन् । जसलाई पुन शुसानका पक्षमा काम गरेकै कारण आफू सत्ताच्यूत हुनुपरेको वहानाले ढाकछोप गर्न प्रचण्ड लाग्दा पार्टिभित्र नेतृत्व परिवर्तनसम्मकै चर्चा शुरु भईसकेको छ । यहि कारण विगतमा कांग्रेसँगको गठबन्धन टुटाउनु नै गलत थियो भन्ने तथा प्रचण्डमाथि प्रश्न उठाउने जनार्दन शर्माजस्ता नेतालाई प्रहारको अर्को अवसर प्राप्त हुँदा नारायणकाजी श्रेष्ठ जस्ताको स्टण्टले सरकार ढलेको आफूनिटकलाई प्रचण्डले बताउँने गरेका छन् । यसले बढेको दरारले उनी अझ चेपुवामा पर्दा श्रेष्ठले भने अध्यक्ष र आफूबीच कुनै असझदारी नभएको दाबी गरेका छन् । तर नेतृत्वका लागि आफु काविल रहेको भन्दै प्रचण्डलाई झस्काएका छन् ।
यता पार्टिभित्र भने यसअघि अध्यक्ष प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सत्ता केन्द्रित हुँदा पार्टिको यो हालत भएको निष्कर्षमा एक पक्ष छ । यी सबैलाई आत्मसमिक्षा गरे जस्तो टारेका प्रचण्ड भने अहिले पनि सुध्रिने भन्दा सत्ताफिर्तीकै सपना देखिरहेका छन् । यहि कारण सडक र सदनलाई नयाँ ढगले जोड्ने निर्णय उनले पार्टिबाट गराएका छन् । त्यसका लागि शुसासनको मुद्धा र ठूला माछा जेल परेको एकमात्र विज्ञापनको अश्त्र उनीसंग बाँकि छ । त्यसबाहेकद्धन्द्धकालिन मुद्धा निष्कर्षमा पुर्याउने विषय अर्थात टिआरसीको मुद्धा अर्को राजनीतिक आधार बन्दा त्यसलाई पनि एमाले कांग्रेसले नै तदारुकता दिन थालेका छन् । त्यसका लागि जनार्दन शर्मालाई समातेर अघि बढाउने रणनिति उनीहरु लागिपर्दा पार्टिभित्र प्रचण्डको उत्तराधिकारीकै रुपमा दावी गर्ने शर्मालाई पनि यो गज्जबको अवसर हो । यहि कारण यसले माओवादीभित्र अझ संकट निम्तिने पक्का हुँदा पूर्वमाओवादीलाई समेत एक ठाँउमा उभ्याईहाल्न सक्ने अवस्थामा प्रचण्ड छैनन् । जसले राजनीतिक रुपमा बचनको पक्का भएका शेरबहादुर देउवाको बलियो साथमा वोल्ड निर्णय लिने ओली विरुद्ध प्रहार गर्ने अवस्थामा मात्रै नभएर राजनीतिक अवस्थामै प्रचण्ड कमजोर भएको पक्का छ ।
हुन त प्रमुख दुई दलले दिगो विकास र राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गर्ने गरी गरेको लिखित सहमतिलाई स्वागत गरेर अघि बढ्ने बाटोपनि उनीसँग छ । निर्वाचन प्रणाली, संघीयताको संरचना, निजामती प्रशासन सुधार लगायत विषयमा आवाज उठ्न थालेको यो अवस्थामा प्रचण्डका लागि पनि यो अवसर नै हुने थियो । तर उनी पहिचानवादी देखि साना दल उचाल्ने उल्टो बाटो हिड्ने तयारीमा रहेको यसअघि नै सँकेत गरिसकेका छन् । जुन विगतको जनयुद्धकालिन र फौजी मानसिकताको धङधङगी भएको पक्का हुँदा संसदीय राजनीतिमा माहिर ओली देउवा त्यसमा नत्थी लगाउने उपाय सहित बसेका छन् । जसलाई चिर्न यो पटक प्रचण्डलाई त्यति सहज देखिदैन् ।
प्रतिक्रिया