Breaking

कांग्रेस र एमाले बीचको सहमति मान्य हुने छैन : झलनाथ खनाल


काठमाडौँ— नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधान संशोधन गर्ने नेपाली कांग्रेस र नेकपा (एमाले)बीचको सहमति मान्य नहुने चेतावनी दिएका छन् । आज काठमाडौंमा पुष्पलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

दुई ठूला पार्टीले सत्तास्वार्थका निम्ति गरिएको कुनै पनि सहमति सैह्य नहुने उनले चेतावनी दिए । समानुपातिक प्रणालीलाई मास्ने गरी दुई ठूला दलबीच सहमति भएको सुनिएको उनले उल्लेख गरे । त्यो सही भए आफूहरूले मेचीदेखि महाकालीबाट ‘संग्राम’ सुरु गर्ने उनले बताए ।

खनालले संविधान संशोधनको विषयलाई ठूला राजनीतिक दलले खेलाँचीको विषय बनाउन नहुनेमा जोड दिए । कांग्रेस–एमालेले हस्ताक्षरसहितको सातबुँदे सहमति प्रस्तुत नगरेर संसद्लाई समेत ढाँटेको उनले जिकिर गरे ।