Breaking

१३ मन्त्रालय रहेको बागमतीमा १४ मन्त्री नियुक्त


काठमाडौँ – बागमती प्रदेशमा ४ मन्त्रीले पद तथा गोपनियताको सपथग्रहण गरेका छन्। शनिबार एक समारोहकाबी उनीहरूले सपथ लिएका हुन्।

प्रदेश प्रमुख यादव चन्द्र शर्माले कांग्रेसका ४ मन्त्रीलाई सपथ गराएका हुन्। प्रदेश प्रमुख शर्माले कांग्रेसका सुरज चन्द्र लामिछाने, मिनकृष्ण महर्जन, हरिप्रभा खड्गी र बिमल ठकुरीले सपथ ग्रहण गरेका हुन्।

सपथपछि उनीहरूको कार्यभार समेत तोकिएको छ। बुधबार नियुक्त भएका ३ र बिहीबार नियुक्त भएका ४ जना गरी कांग्रेसका ७ मन्त्रीको जिम्मेवारी तोकिएको हो।

लामिछानेलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, महर्जनलाई युवा तथा खेलकुद मन्त्रालय, खड्गीलाई सामाजिक विकास मन्त्रालय र ठकुरीलाई संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकिएको छ।

बुधबार नियुक्त भएका कुन्दनराज काफ्लेले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन् भने श्यामबहादुर खड्काले खानेपानी उर्जा तथा सिंचाई मन्त्रालय पाएका छन्। मदुकुमार श्रेष्ठको भने जिम्मेवारी पछि तोकिनेछ। यससँगै १३ मन्त्रालय रहेको बागमतीमा मन्त्रीको संख्या १४ पुगेको छ।