समाचार

सन्दीपविरूद्ध पुनरावेदन नगरिदिन उच्च अदालतमा गौशाला २६ को निवेदन


काठमाडौँ— क्रिकेटर सन्दीप लामिछानेविरुद्ध पुनरावेदन नगरिदिन अनुरोध गर्दै निवेदन दिएको खुलेको छ । निवेदन ‘गौशाला–२६’ ले दिएको हो कि अन्य कुनै युवतीले भन्ने स्पष्ट खुलाइएको भने छैन । तर गौशाला २६ कै नामबाट निवेदन प्राप्त भएको छ ।

उच्च सरकारी वकिल कार्यालय पाटनमा यही साउन ८ गते हस्तलिखित निवेदन दिएर उनले ुआफूमाथि बलात्कार नभएकोु बताएको उच्च अदालत पाटनका सहन्यायाधिवक्ता महेश खत्रीले जानकारी दिए । उनले संस्थाको दबाबमा आफूले विगतमा जाहेरी दिएको भन्दै अब थप पुनरावेदन नगर्न आग्रह गरेको उनले जानकारी दिए ।