Breaking

गुड्नेमा ज्यान गुमाउँदा बेवास्ता, उड्नेमा तुरुन्तै रेस्पोन्स, के राज्य विभेदकारी नै हुन्छ ?


सिमलताल पहिरोमा परी त्रिशूलीमा दुई बस बग्दा मौन बसेको सरकारले विमान दुर्घटनापछि देखाएको तदारुकता अहिले प्रश्नमा छ । यसलाई मृत्युमा देखिएको विभेद र धनी गरिबबीच सरकारले देखाएको फरकपनाकै रुपमा व्याख्या गरिएको हो । आखिर जहाज र सडक दुर्घटनामा सरकार किन फरक रुपमा प्रस्तुत भयो त ?

सिमलताल बस दुर्घटनामा ज्यान गुमाउनेका आफन्तको पीडामा मौन देखिएको सरकार विमान दुर्घटनापछिमात्रै तातिँदा अहिले विभिन्न प्रश्न उठेका छन् । सामाजिक सञ्जाल मृत्युमा पनि विभेद भएको भन्दै तातिएको छ भने आफ्ना नागरिक दुर्घटनामा पर्दा सरकारको किन दुई खाले व्यवहार भन्दै प्रश्नसमेत उठेको हो । हुनपनि सिमलतालमा आएको पहिरोले त्रिशूलीमा बगाएको दुई बस अझै भेटिएका छैनन् । आफन्तहरु कुशको शव बनाएर सदगद गर्न बाध्य बन्दा ६५ जनाको ज्यान गएको यो दुर्घटनाले सरकारलाई खासै छुएन ।

बरु त्यही बेला सत्तामा को जाने भन्ने भिडन्तमा राजनीतिक दलहरु थिए भने मृतकका परिवारलाई भेटेर सान्त्वना दिनेसमेत स्थानीय पालिकाका प्रमुखभन्दा माथिका जनप्रनिधि गएनन् । जसलाई त्यतिबेलै सरकारको कानमा कुरा पुग्न विमान नै दुर्घटना हुनुपर्ने हो भन्ने प्रश्न उठेको थियो भने नयाँ सरकारले अध्ययन गर्न कार्यदल बनाएर झारा टार्यो । तर बुधवार भएको सौर्य एयरलाइन्स दुर्घटनाबारे बुझ्न प्रधानन्त्री केपी शर्मा ओलीसहित गृहमन्त्री रमेश लेखक घटनास्थलमै पुगे ।

प्रधानमन्त्री मध्यरातसम्म अस्पतालमै पुगेर मृतकका परिवारलाई सान्त्वना दिन व्यस्त हुँदाशोकमा राष्ट्रिय झण्डा आधा झुकाउने सरकारले निर्णय नै ग¥यो । जब कि बस दुर्घटनामा होस् या विमान दुर्घटनामा होस्, मानवीय क्षति मापन गर्ने भनेको मृतकको सङ्ख्याले नै होभने जति बढी मानिसको मृत्यु भयो, त्यसबाट प्रभावित परिवारको सङ्ख्या बढी नै हुन्छ । तर विमानमा चढेका यात्रीको मृत्युमा शोक मनाउने, बसमा चढेका यात्रीको मृत्युमा शोक मनाउन कन्जुस्याइँ गर्ने सरकारको यो निर्णय नै विभेदकारी देखिएको छ ।

दुर्घटनाको विषय सानो संख्याको मानवीय क्षतिभएको भन्दैमा राज्यले बेवास्ता गर्ने विषय भने होइन । यसको अर्थ विमानमा सवार प्रति सरकार संवेदनशील भएको रिसभन्दा सडक दुर्घटनाप्रतिको बेवास्तामाथिको प्रश्न हो । फलतः यसलाई वर्गसंग जोड्दै धनी र गरिबको मृत्युप्रति सरकारको व्यवहार नै अर्को हुने रहेछ भन्ने प्रश्नले अहिले सामाजिक सञ्जाल तातिएको छ । यद्यपि, बस दुर्घटना हुँदा एउटा सरकार थियो भने अहिले विमान दुर्घटना हुँदा अर्कै सरकार बनेको छ । त्यस्तै विमानको विषय अन्तर्राष्ट्रिय विषय बन्ने भएकाले बढी चर्चा हुने गरेको तर्क गर्नेहरुसमेत छन् ।

संसारमै हवाईयात्रालाई सबैभन्दा सुरक्षित यात्रा मानिन्छ । विश्वमा प्रयोग हुने सवारी साधनमध्ये सबैभन्दा महंगो साधन हवाई जहाज हो । यसमा ठूलो साधन स्रोतको आवश्यक हुन्छ । आकाशे यात्रा एक साहसिक यात्रा भएकाले यसको नेटवर्क संसारभर हुन्छ । जसलाई अन्तर्राष्ट्रिय नागरिक उड्डय संगठन आईकाओले नियमन गर्ने गर्दछ ।

फलस्वरुप हुनै देशमा विमान दुर्घटना हुने बित्तिकै आईकाओले नै विश्वभर सूचना प्रवाह गर्ने गर्दछ । यी विविध विषय हवाई सेवासँग जोडिएकाले यसले विशेष महत्व पाउने गरेको हो तथ्यलाई भने भुल्न हुँदैन । जसले गर्दा विमान दुर्घटनाले अन्य सवारी दुर्घटनाभन्दा महत्व पाउने गरेको छ । यद्यपि, हवाई दुर्घटना होस् या सडक दुर्घटना, दुवै दुर्घटना नै दुर्घटनाकै रुपमा हेरिनु पर्ने हो ।

तर वर्तमान सरकारमा रहेको एमालेका सांसदले पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिएकै कारण दुर्घटना भएकोभन्दै दिएको अभिव्यक्तिले नै यस्ता दुर्घटनामा उनीहरुको स्वार्थ प्रष्ट हुन्छ ।हुन त प्रधानमन्त्री ओलीको सक्रियतालाई नागरिकका दुःखमा देखाएको सहानुभूतिका रुपमा व्याख्या गर्नेहरु पनि छन् ।

तर त्यो बस दुर्घटनाका मृतक र आफन्तप्रति किन देखिएनन् भन्ने प्रश्न बलियो बन्दा प्रचण्ड नै प्रधानमन्त्री हँुदासमेत पोखरामा भएको विमान दुर्घटनामा भने सरकारले शोक बिदा नै दिएको थियो । त्यस्तै उनी मृतकका परिवार भेट्न पुग्दा सडक दुर्घटनालाई गम्भीर रुपमा सरकारले कहिल्यै पनि लिएको थिएन ।जहाँ हवाई उडान क्षेत्रकै विज्ञहरु भने विमान दुर्घटनाको सवालमासमेत सरकारले छानविन समिति गठन गर्ने बाहेक अरु काम गर्न नसकेको तर्क गर्छन् ।

हुन त नजिक भए राजनीतिक फाइदाका लागि सहानुभूति लिन पुग्ने तर टाढा हुँदा बेवास्ता गर्ने अर्को आरोपसमेत विमान दुर्घटनापछि विमानस्थलमा भीआईपीको लाइनले प्रष्ट पारेको छ । यही कारणकाठमाडौँमा विमान दुर्घटना लगत्तै प्रधानमन्त्री, मन्त्री दुर्घटनास्थलमा पुग्नु, शोक मनाउने घोषणा गर्नुलाई ‘पब्लिसिटी स्टन्ट’ भएको राजनीतिक विश्लेषकहरुको तर्क छ । जसलाई सडक दुर्घटनामा शोकविहीन रहेको सरकारले विमान दुर्घटनामा १८ जनाको मृत्यु हुनासाथ शोक मनाउनुपर्ने आवश्यकता कसरी महसुस गर्छ भन्ने प्रश्नले अझ पेचिलो बनाइदिएको छ ।