Breaking

समितिका सभापति यादव र सांसद किराँतीबीच भनाभन


काठमाडौँ – अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सभापति राजकिशोर यादव र नेकपा (माओवादी केन्द्र)का सांसद सुदन किराँतीबीच भनाभन भएको छ । बिहीबार समितिको बैठकमा सभापति यादवले सांसद किराँतीलाई बोल्न समय दिएका थिए ।

किराँतीले १२ मिनेटभन्दा बढी समय बोलिसकेपछि एमसीसीबारे धारणा राख्न थाले । उक्त विषयलाई रोकेर यादवले प्राविधिक कुरामा जान आग्रह गरे ।

सभापतिको आग्रहपछि किराँतीले एजेन्डा धेरै राख्ने अनि बोल्न नदिने भन्दै आपत्ति जनाए ।