Breaking

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त


काठमाडौँ – सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारीलाई नियुक्त गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको हो । अधिकारी योजना आयोगका सदस्य हुन् ।

त्यस्तै, आयोगको सदस्यहरूमा डा. आरती बिछार, डा. रमेशप्रसाद सिंह, डा. प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डा। जयबहादुर टन्डन र गंगादत्त अवस्थीलाई नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

बैठकले मुख्यसचिवमा लीलादेवी गड्तौलालाई नियुक्त गरेको गर्ने निर्णय गरेको छ ।