Uncategorized

बढेको सेयर बजारमा कारोबार २ अर्ब घट्यो


काठमाडौँ – साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से ३२.०२ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २५६८ अंकमा कायम भएको छ ।

त्यस्तै १४ अर्ब १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन १६ अर्ब २० करोडको भएको थियो । यस दिन माइक्रोफाइनान्स समूहको सूचक सबैभन्दा धेरै ६.८ प्रतिशत बढ्यो । बैंकिङ १.३६, फाइनान्स १.२२, होटल तथा पर्यटन ०.४२, जीवन बीमा ०.७१, उत्पादन ०.८६, निर्जीवन बीमा २.९५ तथा व्यापार समूहको सूचक ०.८१ प्रतिशत बढ्यो ।

अन्य ०।३३, लगानी ०।७३, हाइड्रोपावर ०।१० र विकास बैंक समूहको सूचक ०।३५ प्रतिशत घट्यो । उपकार लघुवित्त, जीवन विकास लघुवित्त, एसियन हाइड्रोपावर, गणपति लघुवित्त, राष्ट्रिय बीमा कम्पनीको मूल्य १० प्रतिशत बढ्यो ।

आरएसडीसी लघुवित्तको ९।७, नाडेप लघुवित्तको ९।७, लक्ष्मी लघुवित्तको ९।७ तथा बोटलर्स नेपाल तराईको मूल्य ९।५ प्रतिशत बढ्यो । मितेरी डेभलपमेन्ट बैंकको ७।६ र माण्डु हाइड्रोपावरको मूल्य ४।६ प्रतिशत घट्यो ।

कारोबार रकमका आधारमा सानिमा जीआईसी इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्ट, फस्र्ट माइक्रोफाइनान्स लघुवित्त र हिमालयन रिइन्स्योरेन्स क्रमशः अगाडि रहे ।