Breaking

हामीविरुद्ध षड्यन्त्रका तानाबाना बुनिँदैछन् : माधव नेपाल


काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पार्टीविरुद्ध षड्यन्त्र सुरू भएको बताएका छन्।

बिहीबार पार्टी कार्यालय आलोनगरमा बसेको केन्द्रीय कमिटीको बैठकमा बोल्दै उनले पार्टीवरुद्ध विभिन्न षड्यन्त्रका तानाबानाहरू बुनिँदैछन् भन्ने सूचना पाएको बताएका हुन्।

उनले यसबारे यकिन नभइसके पनि पार्टीविरुद्ध षड्यन्त्र सुरू भएको बताए। उनले षड्यन्त्रबारे गहन विश्लेषण गरेर जानकारी हाँसिल गर्नुपर्ने बताए।

‘हाम्रा विरुद्धमा अनेकौं किसिमका षड्यन्त्रका तानाबानाहरू बुनिँदैछन् भन्नेकुरा पनि सुन्नमा आइरहेको छ। कति सत्य हो, कति असत्य होरु थाहा छैन । तर कति सत्य हुन्, कति असत्य हुन् भनेर पनि हुँदो रहेनछ। लेखेर पनि हुँदा रहेनछ। बोलेर हुँदो रहेनछ। त्यसको थोरै विश्लेषण गर्नुपर्ने रहेछ। त्यसको बारेमा हामीले जानकारी हाँसिल गर्नुपर्छ। त्यस आधारमा आफ्नो तर्फबाट पूर्ण सतर्कता अपनाउनुपर्छ। यसअर्थमा विभिन्न राजनीतिक दलहरूसँग, राजनीतिक शक्तिहरूसँग हामीले संवाद जारी राख्नुपर्छ,’ उनले भने।