Breaking

चोरीको आरोपमा भारतमा चार नेपाली पक्राउ


काठमाडौँ— भारतको बेंगालुरुस्थित भगवथी बैंकर्स एण्ड ज्वेलर्सको पसलमा चोरी गर्नका लागि पसलको भित्तोमा ड्रिलिङ गरिरहेको आरोपमा चारजना पक्राउ परेका छन् ।

उनीहरु सबै नेपालका भएको जनाइएको छ । पक्राउ पर्नेमा ४२ वर्षिय दीपककुमार ठाकुर, ४२ वर्षकै मनोज सिंह, २८ वर्षिय बीम बहादुर शाही र २४ वर्षिय विवेक शाही भएको जनाइएको छ ।

उनीहरु राति १.१५ बजे सो पसलमा पुगेका थिए । उनीहरुले ड्रिलिङ गर्न लागेको सो स्थानमा बसेका दुईजनाले थाहा पाएपछि पसलका मालिकलाई तत्काल खबर गरेका थिए । लगत्तै प्रहरीलाई खबर गरिएपछि उनीहरु पक्राउ परेका थिए ।

सबै यसअघि पनि चोरी काण्डमा परेर पक्राउ परेकोमा दुई हप्ता अघि मात्रै छुटेका थिए । त्यसपछि उनीहरु सुरक्षा गार्ड र ज्यालादारी कार्यमा पनि संलग्न हुँदै आएको बताइएको छ । गएको जुनमा उनीहरुले एक घरमा समेत चोरी गरेकोमा उनीहरुको साथबाट चार किलो चाँदी, ल्यापटप र मोबाइल फोन बरामद गरिएको जनाइएको टाइम्स अफ इन्डियाले समाचार लेखेको छ ।