काठमाडौँ— पोखराका लागि उडेको सौर्य एयरको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । पाइलट भने बाँच्न सफलभएका छन् । तर, विमानस्थलमा जहाज दुर्घटना हुनुले बिभिन्न प्रश्न भने उब्जाइदिएको छ । आखिर उड्न नपाउँदै कसरी भयो दुर्घटना ?
काठमाडौंको त्रिभूवन अन्र्तराष्ट्रिय विमानस्थलमै सौर्य एअरको विमान दुर्घटनामा परेको छ । बुधबार बिहान ११ बजे पोखराका लागि उडेको ९ एन–एएमई सीआरजे–७ विमानविमानस्थल परिसरभित्रै दुर्घटनामा परेको हो । चालक दलका सदस्यसहित १९ जना सवार विमान दुर्घटनामा पाइलट बाहेक सबैको मृत्यु भएको छ ।
यो जहाज मर्मतका लागि कम्पनीले पोखरा विमानस्थलमा ह्याङ्गर मागेको थियो । काठमाडौंमा बुद्ध एअरको मात्रै ह्याङ्गर सुविधा छ । उसकै विमान राख्दा अरूलाई दिन नसक्ने भएकाले पोखरा लगेर मर्मत गर्ने तयारी थियो । तर विमानस्थल छोड्नै नपाउँदै जमिनमा बजारियो । ११ बजेर ११ मिनेटमा विमानले धावनमार्ग छोड्ने बित्तिकै एअर ट्राफिक कन्ट्रोलर (एटीसी)सँगेको सम्वाद टुट्यो । केही सेकेन्डमै ढलपल गर्दै दाहिनेतर्फ मोडियो र एकैपटक धुँवाको मुस्लो देखियो । प्रहरीले पनि घटना थाहा पाउने केही समय लागेको थियो । करिव ३० मिनेटपछि मात्रै आयो पूर्ण नियन्त्रणमा आयो । नागरिक उड्ययन प्राधिरकणले उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई जहाजदुर्घटना भएको बताए पनि के कारण मोडियो भन्नेबारे केही पनि बताएको छैन । यो घटनामाएयरलाइन्स व्यवस्थापन समूहका मात्रै चार जनाको मृत्युभएको छ । सौर्यका चिफ असफ सेफ्टी सागर आचार्य, सिए एमओ म्यानेजर अश्विन कुमार निरौला, म्यानेजर मेन्टिनेन्स यज्ञ प्रसाद पौड्याल र चिफ अफ क्युए (क्वालिटी अफिससर) दिलीप बर्माको मृत्यु भएको छ । यस्तै दुर्घटनामा एकै परिवारका तीन जनाको पनि मृत्यु भएको छ । त्यसमा उर्जा मन्त्रालयकी कम्प्युटर अपरेटर प्रिजा खतिवडा, श्रीमान मनुराज शर्मा र छोरा अधिराजले ज्यान गुमाएका छन् । यसबहेक अमितमान महर्जन,सुदीपलाल जोशी, सर्बेश मरासिनी, श्याम विन्दुकार, नवराज आले, राजाराम आचार्य, उद्धव पुरी,सन्तोष महतो, पुण्यरत्न शाही, विदेशी नागरिक अरेफ रेडार सुशान्त कटुवालले पनि ज्यान गुमाएका छन् ।
विमान क्याप्टेन मनिषरत्न शाक्य भने बाँच्न सफल भएका छन् । उनलाई जहाजको ककपिट भाँचिएपछि कन्टेनरमा खसेको अवस्थामा उद्धार गरिएको थियो । शाक्यको केएमसी अस्पतालमा उपचार भइरहेको छ । उनको शरिरमा जलन देखिएको छैन भने मेरुदण्डको शल्यक्रिया भएको छ ।
केही महिनाअघि मात्रै दुर्घटनाको पूर्वाभ्यास गरेको सरकारले साच्चिकै दुर्घटना हुँदा त्यो क्षमता देखाउन सकेन । बरु धुँवा निभ्न नपाउँदै गृहमन्त्री रमेश लेखक घटनास्थलको अनुगमनका नाममा विमानस्थल पुगे । लगत्तैसंस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्री पाण्डे पछि घटनाको अनुगमनमा पुगे । प्रधानमन्त्री केपी शर्मा ओली भिने तत्काल अनुगमनमा नजान सुझाइएअनुसार केही ढिला गरी मात्रै विमानस्थलमा पुगेका थिए । घटनास्थल पुगेका प्रधानमन्त्रीले कुनै प्रत्रिक्रिया जनाएनन् ।
यता मृतकहरुको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगंज पु¥याइएको छ ।पोस्टमार्टमका लागि तीन टोली खटिएका छन् ।एक शवलाई पोस्टमार्टम गर्नका लागि चार घन्टाभन्दा बढी समय लाग्ने भएकाले आफन्तले तीन दिनपछि मात्रै शव पाउनेछन् ।
त्यहाँ शव लगिएसँगै शिक्षण अस्पताल परिसर ज्यान गुमाएका कर्मचारीका परिवारहरू अस्पतालमा भेला भएपछि शोकमा डुबेको छ ।मृतकका आफन्तको रुवाबासी र चित्कारले अस्पताल शोकमा डुबेको हो ।
उच्च पहाडी मुलुक भएका कारण पनि नेपालको आकाश हवाइ यात्रामा असुरक्षित नै मानिन्छ । तर सफा मौसम र सामान्य अवस्थामा विमानस्थलमै भएको दखुर्घटनाले भने बिभिन्न प्रश्नहरु उब्जाइदिएको छ ।हरेक विमान दुर्घटनामा चालक र पुराना जहाजहरुलाई दोष थोपर्ने गरिन्छ । यसअघि पोखरामा जहाज दुर्घटना हुँदा बनेको अध्ययन समितिले समेत धेरै सुझाव दिएको थियो । तर त्यसको कार्यान्वयनका सन्दर्भमा घटना भएपछि बिर्सने प्रवत्तिले समस्या झनै बढेको छ । त्यसमाथि बस दुर्घटना हुँदा दुई हप्तासम्म खोज्न नसक्ने र पूर्वतयारीको अभ्यासमा आफूलाई दुरुस्त देखाउने सरकार दुर्घटना हुँदाको अवस्थामा निरिह देखियो ।
प्रतिक्रिया