Breaking

पानी नफाल्ने दमकल, सेना र प्रहरी नै हायलकायल, IGP र गृहमन्त्री पुग्ने, उद्धार टोली किन चुक्ने ?(भिडियोसहित)


काठमाडौँ— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनाले उद्धारमा हुने ढिलाइको नयाँ पाटो बहसमा ल्याइदिएको छ । केन्द्रीय विमानस्थलमैसमयमैथाहा पाएर पनि एक जनाभन्दा बढीको उद्धार हुन नसक्नुले यो प्रश्न उठेको हो । जसले विभिन्न समयमा हुने नमुना अभ्यासको नाटकदेखिसंकटकालीन अवस्थाका लागि विमानस्थलको संरचना तथा जनशक्तिको तयारी नै प्रश्नको घेरामा परेको छ । यो नै पहिलो पटक नभइ सडक दुर्घटनाका सवालमासमेत अवस्था उस्तै छ ।

चालक दलका सदस्यसहित १९ यात्रुसहित पोखरा उडेको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा पर्दा क्याप्टेन मनिष शाक्य मात्र बच्न सफल भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै भएको दुर्घटनामा उद्धारमा ढिलाइ भएको भन्दै प्रश्न उठेको छ । हुन पनि ४५ दिनअघि मात्रै त्यही ठाँउमा उद्धार अभ्यास गरिएको थियो । त्रिभुवन विमानस्थल संकटकालीन योजनाअन्तर्गत हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्धार सम्बद्ध विभिन्न निकायको सहभागितामा विमान दुर्घटनासम्बन्धि पूर्णकालीन अभ्यास गरिएको थियो । विमान आगलागी पश्चात् नमुना उद्धार अभ्यास गरिँदा दिउँसो १ बजेदेखि १ः३० बजेसम्म जहाज उडान र अवतरणलगायत काम नै प्रभावित बनेको थियो । तर त्यसको प्रभाव बुधबारको दुर्घटनापछिको उद्धारमा देखिएन । त्यसो तविमान दुर्घटना हुन लागेको कुरा केही सकेन्ड अगाडि नै अनुमान लगाउन सकिने अवस्था देखिएको थियो । जहाजमा रहेका यात्रुले भित्रैबाट हात हल्याएर उद्धारको गुहार गरे । तर विमानस्थल परिसरमा राखिएको कन्टेनर रढिस्कोमा ठोकिँदैतल्लो भागमा झरेको विमानका पाइलट बाँचे भने अन्य तीन जना घाइते अवस्थामा फेला परेका थिए। तर उद्धारमा भएको ढिलाइकै कारण उनीहरूको ज्यान जोगिन सकेन। विमानमा आगलागी भएको भाग विमानस्थलभन्दा तल्लो भूभागको चौरमा पुगेको थियो । यो पेप्सीकोला सडक नजिकको ठाउँ हो । यसको अर्थ उद्धार टोली पेप्सीकोलातिरबाट गएका भए क्षति कम हुन सक्थ्यो । तर प्रारम्भमा दमकलसहितको उद्धार टोली मूल विमानस्थलबाटै प्रवेश गरेका थिए।माथिबाट दमकलले पानी हाल्दा विमानमा पुग्न सकेन । दूरीका हिसाबले यो प्राविधिक कमजोरी नै भएको पक्का हुँदा त्यसपछिमात्रै घाइतेको उद्धार गर्न पेप्सीकोला क्षेत्र सहज हुने निष्कर्षमा उद्धार टोलीपुगेको थियो । त्यसपछि कोटेश्वरहुँदै पेप्सीकोला क्षेत्रमा दमकल पुग्दादुर्घटना भएको आधा घण्टाभन्दा धेरै भइसकेको थियो । यसले उद्धारका लागि बनाइएको संरचना,जनशक्तिर विभिन्न समयमा हुने उद्धारको अभ्यासमाथि नै प्रश्न उठाएको छ ।

यो त प्रतिनिधि घटना मात्रै हो । अवस्था सडक दुर्घटनाको सवालमा समेत उस्तै छ । नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका–२९ सिमलतालमा आएको बाढीले ६५ जना यात्रुसहित त्रिशूलीमा हराएको बस अझै भेटिएको छैन । हामफालेर बाचेका बाहेक अहिलेसम्म २४ वटा शव भेटिएको छ।प्रविधिको कमीकै कारण भारतीय टोली आएपनि अहिलेसम्म न त बस भेटिएको छ न त हराइरहेका बाँकी यात्रु नै । जबकी सरकार अध्ययनका लागि कार्यदल गठनभन्दा माथि उठेको छैन । यस्ता सडक दुर्घटनाको सवालमा त स्थानीयबासी पछि मात्रै नेपाल प्रहरीपुग्ने गरेको छ । त्यसपछि मात्रै आवश्यकता अनुसार सशस्त्र प्रहरी र नेपाली सेना खटिन्छन् । जसले उद्धारमा हुने ढिलाइले सोचेभन्दा बढी धनजनको क्षति हुँदा प्रहरीसँग अझै पनि आवश्यक प्रविधि र उपकरणको अभाव छ । साथै यस्ता दुर्घटनाको उद्धारमा खटिने जनशक्तिसमेत पर्याप्त नहँुदा सरकारले समेत त्यसतर्फ ध्यान दिन सकेको छैन । अर्थात अस्पताल पु¥याउनुभन्दा अगाडि घटनास्थलमा प्रभावकारी सेवा पु¥याउन एम्बुलेन्स, दक्ष कर्मचारी र दुर्घटनाका बखततत्कालउपचार सेवा दिन सक्ने दक्षजनशक्ति र सुविधा सम्पन्न अस्पतालसम्म पु¥याउने व्यवस्थाका विषयमा सरकार चुकिरहेको छ ।

विश्वका अन्य देशमा सडक होस वा हवाई दुर्घटना, आपतकालीन उद्धार, उपचार र पुनस्र्थापना हेर्न डेडिकेटेड संयन्त्रको स्थापना गरिएको हुन्छ । तर, नेपालको सन्दर्भमा विकसित मुलुकको तुलनामा दुर्घटनास्थलबाट अस्पताल पु¥याउँदा दोब्बर मानिसको मृत्यु हुने गरेको अध्ययनले नै देखाएको छ । त्यस्तै सरकारले गठन गरेको यातायात सुधार सुझाव कार्यदलको प्रतिवेदन २०८० नै हेर्ने हो भनेपनि दुर्घटनापछिको पहिलो एक घण्टामा २० प्रतिशत घाइते घटनास्थलमा, २० प्रतिशत कमसल उपचार र ६० प्रतिशत घाइते स्थानान्तरणमा हुने ढिलाइले ज्यान गुमाउने गरेको पाइएको छ ।जसलाई संघीय राजधानीको मुटुमै भएको हवाई दुर्घटनाको उद्धारमा देखिएको ढिलाइ र मृतकको संख्याले पुष्टि गर्दा नाममात्रको पूर्वतयारीको घानमा धेरै नेपाली नागरिक पर्ने पक्का छ । पूर्व तयारी केका लागि र कति प्रभावकारी बन्यो भन्नेबारे समीक्षा गर्दै आगामी दिनमा आवश्यक सुधारको पहल थाल्न झनै जरुरी देखिन्छ ।