देश

नेपालमा उपचार खर्च महँगो भयो सरकारले कर मात्रै उठाउने हो कि सेवा पनि दिने:होसोनु मुर्मु


काठमाडौँ— सांसद सोनु मुर्मुले नेपालमा उपचार र दवाई खर्च महँगो भएको बताएकी छिन् । आज प्रतिनिधि सभामा बोल्दै उनले नेपालमा उपचार महँगो भएकाले भारतमा उपचार गर्न जानु परेको बताएकी हुन् ।

उनले सरकारले कर मात्रै उठाउने गरेको तर सेवा सुविधा नदिने गरेको बताइन् । ‘उपचार र दवाई खर्च महँगो छ,’ उनले भनिन्, ‘उपचारका लागि बाहिरी देशमा जान्छन्, सरकारले कर मात्रै उठाउने हो कि सेवा पनि दिने हो ।’