Uncategorized

मिडिया अलाइन्स र नेपाल टेलिभिजन संघबीच एकता


काठमाडौं – मिडिया अलाइन्स नेपाल र नेपाल टेलिभिजन संघबीच एक भव्य समारोह आयोजना गरी एकता भएको घोषणा गरिएको छ । आमसञ्चारका प्रतिनिधिमूलक दुई संस्थाबीच मिडिया अलाइन्स नेपालका महासचिव दिरेक लाल श्रेष्ठ र नेपाल टेलिभिजन संघका सचिव बद्री पोखरेलले एकता सम्झौतापत्रमा हस्ताक्षर गरेकाहुन ।

सातबुँदे एकता सम्झौतामा एकतापछि मिडिया अलाइन्स नेपालको नामबाट संस्था सञ्चालन गर्ने भनिएको दुई संस्थाबीच एकता भएको मिडिया अलाइन्स नेपालमा नेपाल टेलिभिजन संघका तीन जनालाई कार्यसमितिमा समावेश गरिने भएको छ ।

दुई संस्थाबीच एकता सम्झौतापछि नेपाल टेलिभिजन संघको अस्तित्व स्वतः समाप्त भएको घोषणा गरिएको छ । त्यसै गरी यो सम्झौता साउन ७ गतेबाट नै लागू हुने उल्लेख गरिएको छ । सम्झौतामा उल्लेखित सर्तहरु दुवै पक्षले इमानदारिताका साथ परिपालना गर्ने र बाँकी काम कारबाही एउटा समिति बनाएर अघि बढाइने सम्झौतामा उल्लेख गरिएको छ ।