Uncategorized

ओलीले सांसदलाई पढाएपछि…, माओवादी रिसले चुर


प्रधानमन्त्री केपी शर्माओलीले प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोधेका विभिन्न प्रश्नको जवाफ दिएका छन् । बैठकमा प्रधानमन्त्री ओलीले आफूमाथि अनावश्यक लान्छना लगाइएको भन्दै असन्तुष्टि जनाए। भ्रष्टाचार नियन्त्रण गर्ने विषय उच्च प्राथमिकतामा रहने भन्दै कुनै दल वा व्यक्तिको अनुहार नहेरिकन कारबाही गर्ने प्रतिबद्धता प्रधानमन्त्री ओलीले जनाए।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत प्राप्त गरेको भोलिपल्ट सोमबार पहिलो पटक संसदको नियमअनुसार बैठकलाईसम्बोधन गरेका छन् । प्रधानमन्त्री ओलीले सोमबारकोे बैठकमा सांसदहरूले सोधेका विभिन्न प्रश्नको जवाफ दिएका हुन् ।प्रश्नोत्तर कार्यक्रममा पहिलो प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री रसांसदबीच नोकझोकै चल्योे ।बैठकको सुरुमा नेपाली कांग्रेस उपसभापति धनराज गुरुङले प्रश्न सोधेका थिए ।

उनले सरकारले बजेटमा घोषणा गरेको बुटवल, पोखरा राजमार्ग दुई लेन बनाउने भनिएको तर त्यो काम कहिले सुरु गर्ने,
आँधीखोला उच्च बाँध आयोजनाको वर्तमान अवस्था के छ लगायतका तीन प्रश्न गरेका थिए । जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले विद्युत प्राधिकरण र उद्योगी व्यवसायीबीच रहेको डेडिकेटेड र ट्रंकलाइन विवादका विषयमा बोले ।उनले आफूले उद्योगीले विद्युत महसुल तिर्नुपर्दैन नभनेको तर संसदमा यस विषयमा प्रश्न उठाएको भन्दै असन्तुष्टि व्यक्त गरे । प्रधानमन्त्री ओलीले संसदमा जथाभावी प्रश्न सोध्न नहुने भन्दै मर्यादाको ख्याल गर्न आग्रह गरे । तर प्रधानमन्त्री बोली रहँदा बिचैमा माओवादी केन्द्रका सांसद वर्षमान पुनले नियमापत्ति गरे । प्रधानमन्त्रीले विषयान्तर गर्न खोजेको भन्दै पुनले आपत्ति जनाए।

सांसद्हरूले देशमा देखा परेका विभिन्न भ्रष्टाचारका काण्डहरूमा ओली नेतृत्व सरकारको सम्भावित कदमबारे बैठकमा प्रश्न गरेका थिए।शरणार्थी काण्ड, सुनकाण्ड, सहकारी काण्ड र गिरीबन्धु काण्डबारे पनि प्रश्न उठेका थिए।त्यसको जवाफमा ओलीले भ्रष्टाचार निवारण वर्तमान सरकारको प्रमुख प्राथमिकता भएको भन्दै त्यसप्रति शून्य सहनशीलता अवलम्बन गरिने बताए।राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपकबहादुर सिंहले चारवटा भ्रष्टाचार काण्डबारे सरकारको धारणा माग गरे । ओलीले जवाफमा भ्रष्टाचार निवारणका लागि सरकारले सम्भाव्य सबै उपायहरूको अवलम्बन गर्ने बताए ।

बैठकमा कांग्रेस र एमालेबीच मध्यरातमा सहमति गर्नुको कारणबारे प्रश्न उठेको थियो । प्रधानमन्त्री ओलीले राजनीतिक दलहरूबीच सहमतिका लागि कुनै पनि समयको सीमा नहुने प्रष्ट पारे। उनले राजनीतिक दलको कुनै अफिस टाइम नहुने तर्क गरे ।सांसद दुर्गा राईले मध्यरातमा सहमति गर्नुको कारण सोधेकी थिइन् ।


सांसदहरु बैठकमा विषय केन्द्रित भन्दा अनावश्यक गाली गलोज र अलिखित प्रश्नमा अल्झिएको भन्दै सभामुख देवराज घिमिरेले ध्यानाकर्षण गराएका थिए ।संसदको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री ओलीले ९ जना सांसदहरुले सोधेका प्रश्नको जवाफ दिएका हुन् ।बैठकमा प्रश्न सोध्न नाम टिपाएकाएक सांसदको भने प्रश्न प्रस्तुत भएन ।