Breaking

सभापति बन्न शक्ति बटुल्दै शेखर, बहिनी फकाउनेदेखि नेता भेट्नेसम्म


काठमाडौँ – पार्टि सत्तामा गएर सबैको ध्यान सिंहदरबार केन्द्रित हुँदा नेपाली कांग्रेसका नेता डा.शेखर कोईराला महाधिवेशन केन्द्रीत बनेका छन् । सरकार भन्दा पार्टिको नेतृत्वमा पुग्ने रणनितिमा रहेका उनी त्यसैका लागि नेता कार्यकर्ता भेट्न व्यस्त छन् । कोईराला परिवारलाई एक ठाँउमा उभ्याउने देखि पार्टिमाथि खवरदारी समेत गरिरहेका उनी देउवापछि समान्तर अवस्थामा आउने पार्टि राजनीतिको फाईदा उठाउने दाउमा देखिन्छन् ।

सभापति शेरबहादुर देउवाको नेतृत्वमाथि प्रश्न उठाँउदै आएका डा.शेखर कोईराल कांग्रेस सभापतिको पुरापुर तयारीमा लागि परेका छन् । देउवाको उत्तराधिकारी बारे भईरहेको विभिन्न अड्कल र बहसकाबीच आगामी महासधिवेशन आफ्ना लागि फलिफापसिद्ध हुने आशामा उनी देखिन्छन् । फलत ः नेता कार्यकर्तासंग भेटघाट गर्ने तथा पार्टिभित्रको अन्यौलता तोड्न लागि परेका उनी भेटघाट बढाउने र समयमै महाधिवेनका लागि खवरदारी गर्ने दुबै काम एकैसाथ गरिरहेका छन् ।

यसैको उदाहरण कांग्रेस महानगर समितिका सभापतिहरूसँगको काठमाडौँमा छलफल गरेका उनले समयमै महाधिवेशन नहुने खतरा समेत औल्याएका थिए । जहाँ उनले तोकिएको समयमा महाधिवेशन नभए पार्टी धाराशयी हुने र त्यसको असर आगामी निर्वाचनहरूमा पर्ने भएकाले त्यसका लागि चनाखो हुन आग्रह गरे ।

यता कांग्रेसमा छिन्नभिन्न भएको कोइराला परिवारलाई एकजुट गराउने प्रयास पनि सुरु भएको छ । त्यसक्रममा केन्द्रीय सदस्य सुजाता कोइरालाले पार्टी सभापतिमा डा. शेखर कोइरालालाई समर्थन गर्ने घोषणा गरेकी छन् । १४औं महाधिवेशनमा डा. शेखरले सभापतिमा उम्मेदवारी दिँदा सुजाता प्रकाशमान सिंहको प्यानलबाट उपसभापतिको उम्मेदवार बनिन् भने केन्द्रीय सदस्य मात्र लडेका शशांकले पनि समर्थन गरेनन् । त्यसयता कोइराला परिवारका तीन सदस्य एकठाउँमा नदेखिदाँ १५औं महाधिवेशनमा सभापति लड्ने तयारीमा रहेका डा. शेखरले भाइ बहिनीको साथ खोजेका हुन् ।

जहाँ सुजताले साथ दिने अग्रिम घोषणा गर्दा डा. शेखरले लिएको लिडरसिपलाई आफूले समर्थन गर्ने भन्दै उनले यही ठाउँमा शशांकलाई पनि ल्याउँने दावि गरिन । अर्थात विगतमा उनीहरुको साथ भए शेखर सभापति हुनसक्ने अवस्थाबाट पाठ सिकेकेको जस्तो देखिएकी उनी यो पल्ट परिवार एक ठाँउमा उभिनुपर्नेमा सचेत देखिईन् ।

हुन त यो सुजताको प्रतिक्रियालाई प्रकाशमान सिंहबाट भाग नपाउदाको भडासका रुपमा पनि अ¥थ्याईएको छ । भाईफुटे गवार लुटे भने जस्तो कोइराला परिवार तीन तिर फर्किदा त्यही तिरलाई हतियार बनाएर देउवाले सभापतिमा बाजी मारेका थिए । अहिले सुजताले आफ्नो चेत खुलेको शैलीमा शेखरलाई बोक्ने अड्भान्समै घोषणा गरेर पछि केही भाग पाउन सक्न ठाउँ सुरक्षित गर्न खोजेको देखिन्छ ।

अर्कातर्फ महामन्त्री हुँदैबाट प्रत्यक्ष अप्रत्यक्ष देउवालाई साथ दिदै आएका तथा अहिलेको सरकारमा समेत भाग मागेर आफ्नो छुट्््टै अस्थित्व रहेको संकेत गरेका शंशाक नै देउवाको उत्तराधिकारीका रुपमा अघि सर्ने चर्चा समेत छ । तर शेखरलाई राष्ट्रिय राजनीति थाहा हुँदैन तर पार्टिको तल्लो तहसम्म पुग्छन ।

गाँउमै बसेर नेता कार्यकर्ताको दुख सुखमा सहभागी हुने उनले देउवाको उत्तराधिकारी मै हु भन्नेहरुको निश्क्रियतामा खेल्ने काम गरिरहेको प्रष्ट छ । जहाँ अहिले देउवाको पक्षका नेता डा.प्रकाशशरण महत देखि,एनपी साउँद,सन्तोष चालिसेसम्मलाई उनले भेटेका छन् । जुन सिंगो कर्णाली प्रदेशभन्दा ठूलो प्रतिनिधित्व हुने भएकोले काठमाडौमाको भूगोलमा उनी सक्रिय भएको रुपमा बुझ्न गाह्रो छैन ।

यसको अर्थ कर्णाली र सदुरपश्चिम र काठमाडौ हात लाउन पाए कोशीमा त यसै पेल्न सकिने उनको आशा भएको भन्न सकिने अवस्था छ । यता संसदीय दलको नेतामा महामन्त्री गगन थापालाई अघि सारेर प्रधानमन्त्री केन्द्रीत गराउने र पार्टिको नेतृत्वको लागि सहयोग गर्ने सहमती गराउने उनको खेलले समेत उनका लागि कांग्रेसको नेतृत्व कति महत्वपूर्ण छ भन्ने प्रष्ट पारेको छ । त्यस्तै रुपान्तरण र पुस्तान्तरण भन्ने तर एजले हैन एजेण्डाले पार्टि चल्नुपर्छ भन्ने वहसलाई पनि मिसाउने उनले सरकारमै पनि नयाँ अनुहार पठाएर गुट व्यवस्थापनको थालनी गरेका छन्

हुन त शेखरको अहिलको हैसियत केन्द्रीय सदस्य मात्र हो । तर सदनमा मै पनि व्याक बेन्चर उनी सँगठनका कार्यक्रममा पार्टि र पार्टि विधानले दिएको भन्दा माथिल्लो स्तरको उपस्थिती जनाई रहेका छन् । । क्षेत्रिय सभापतिलाई नै दवाव दिएर कार्यक्रम गराउनेसम्मका काम गरेका उनी आफ्नो गुट एक नभएपनि आफैलाई ब्राण्ड बनाउने अर्को रणनितिमा छन् ।

जसले प्रदीप पौडेल र विश्वप्रकाश शर्माले गगन उचाल्न सक्ने अवस्थामा काम गर्दा एकै शब्दमा भन्दा उनी आफ्नो गुट जोगाउने र देउवाबाट केहि भाग खोस्ने तयारीमा छन् । जुन अब नेतृत्वका लागि संस्थापन पक्षमा देखिने समानान्तर राजनीतिक स्थिती र कोईराला परिवार एक भएको अवस्थामा असम्भव नदेखिदाँ सभापतिका लागि उनको ईच्छा अस्वभाविक नै पनि हैन ।