Breaking

प्रचण्ड–रविलाई ओलीको ‘इग्नोर’, कथाबाटै तीनतिर तीर


प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिएका छन् । मत माग्दै राजनीतिक स्थायीत्व र संविधान संशोधनका लागि नयाँ गठबन्धन बनाएको बताएका उनले कांग्रेससँग भएको सात बुँदे सहमतिसमेत सार्वजनिक गरे । सदनसमक्ष सरकारका ५ वटा प्राथमिकता पेश गरेका उनले समीकरणमाथिका प्रश्नमा संयमित उत्तरसमेत दिन भ्याए । जहाँ राप्रपाले आयुमै शंका गरेको,रास्वपा र माओवादीले प्रश्न उठाएको विश्वासको मत लिने प्रक्रियामा कस्ता विषयहरु समेटिए त ?

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिँदै यो गठबन्धनकोसमीकरण,सरकारको प्राथमिकता र सात बुँदे सहमतिबारे प्रष्ट पारेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै कारण एमाले कांग्रेस एक ठाँउमा उभिएको भाष्य बनाएका ओलीले रवि लामिछानेलाई स्टण्टबाजको संज्ञा दिन भ्याए ।

पुराना पार्टीमाथिको प्रश्नलाई नेल्सन मण्डेलाको कहानीमार्फत उत्तर दिएका उनले सात बुँदे सहमतिको एउटा बुँदामा सरकारको सुरुवातीको दुई वर्ष आफू प्रधानमन्त्री हुने र त्यसपछिको चुनावी सरकार कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा हुने उल्लेख भएको जानकारी सदनलाई दिए। त्यस्तै उनले सरकारको क्षमता अभिवृद्धि,मूल्याङ्कन,आवश्यक ऐन संशोधनलगायतका विषयमा नीतिगत सुधार र निर्माण सम्पन्न गरेर पनि भुक्तानी पाउन नसकेका निर्माण व्यवसायीहरूको समस्या तत्काल समाधान गर्नु सरकारका चार प्राथमिकता भएको प्रष्ट्याए ।

अन्तरिक्षमा देशको आफ्नैभ–ूउपग्रहस्थापनादेखि जलवायु परिवर्तन तथा माउण्टेन ईकोनोमीमा विश्वको ध्यानाकर्षण गराउन सगरमाथा सम्वादसम्मको विषय ओलीले अघि सारे । पुँजीबजारमा आएको उछालदेखिसंविधान संशोधनसम्मको विषय उनले प्रस्तुत गर्दा एमाले सांसद गोकर्ण विष्टले बाघको छालामा स्यालले रजाँई गर्ने दिनको अन्त्यको प्रयासकै रुपमा नयाँ समीकरणलाई अथ्र्याए ।

यता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओलीको प्रशंसा गर्न भ्याए । ओलीलाई अध्ययनशील,मेहनती र अनुभवी भन्दै फुर्काएका देउवाले ओलीको नेतृत्वमा मुलुकले उन्नतीको बाटो समात्ने आशा व्यक्त गरे । कम बोल्ने देउवासमेत बोलेको आजको संसदमाप्रचण्डले भने आफू नबोलेर उपमहासचिव वर्षमान पुनलाई अघि सारे । उनले माओवादीले शुशासनको विषयलाई मुद्दा बनाउँदा प्रधानमन्त्री ओलीले सरकारको नीति, कार्यक्रम र बजेटविपरीत अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाए ।

गिरीबन्धु टि इस्टेट लगायतका भ्रष्टाचारको काण्ड लुकाउन कांग्रेस र एमाले मिलेर सरकार बनाएको आरोप लगाउँदै त्यसको जवाफ आफूहरुले चाहेको पुनले बताए । खराब नियत छोप्न कांग्रेस–एमालेले संविधान संशोधनको मुद्दा अघि सारेको जिकिर उनको थियो । यता उपसभामुखलाई मानवतस्कर भनेको देखि आफूलाई स्टण्डबाज भनेपछि बिच्किएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेल्सन मण्डेलाको हाइट भएको नेता नेपालमा नभएको टिप्पणी गरे । लामिछानेले दागी मन्त्रीलाई सरकारमा सहभागी गराएकाले ओलीलाई विश्वासको मत नदिने बताए।

यता संविधान संशोधनको विषय प्रष्ट नभएको भन्दै विश्वासको मत दिनबाट पछि हटेको राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले त सरकारको आयुमै शंका गरे । ओली प्रधानमन्त्री बन्दा खुसी भएको तथासाना दललाई निषेध नगरियोस्् भन्ने अपेक्षा राखेका उनले भविष्यमा आवश्यक पर्दा सरकारलाई सहयोग गर्ने बचन दिए ।कांग्रेस र एमाले मात्र भएको देश कस्तो हुन्छ होला ?भन्दै व्यंग्य कसेका उनले नयाँ सरकारले दसैँ तिहार राम्रोसँग मनाउन पाओस् भन्ने कामना व्यक्त गरे ।

माओवादीसंगै बसेर विपक्षमा पुगेका माधवकुमार नेपालले त स्थायित्वका नाममा देशले जंगबहादुर नखोजेको प्रष्टाउन भ्याए । त्यस्तै विश्वासको मत मागेर प्रधानमन्त्री ओली बाहिर गएको विषयलाई समेत उनले प्रश्न बनाउँदा स्वर्ग र नर्कपनि संगै जाने बाचा सम्झाए ।

जब कि माधव नेपालले संसदमा प्रधानमन्त्री ओलीको खोजी गरिरहँदा त्यतिबेला ओली भने संसदमै रहेको प्रधानमन्त्री कक्षमा केही सांसदहरुसँग छलफलमा थिए । संसदको ठूलो दल कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका ओलीले सांसदहरुले सदनमा उठाएका प्रश्नको संक्षेपमा जवाफ फर्काउनसमेत भ्याए ।

उनले गिरीबन्धु टि इस्टेटको जग्गाको सम्बन्धमा अदालतले फैसला गरिसकेकाले सट्टापट्टा लगायत बेचबिखनको कार्य रोकिएको र यसलाई नीतिगत भ्रष्टाचार नभनेकोमा जोड दिए । सबैको चित्त बुझाउन नसकिने भन्दै प्रधानमन्त्री ओलीले संधिवान आवश्यकता र जनताको मागअनुसार संशोधन हुने सक्ने बताए ।