Breaking

बागमतीमा सरकार गठनका लागि आह्वान ,कांग्रेस नेता लामाले दावी पेश गर्ने


हेटौँडा । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलको दिएको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि साउन ८ गते साँझ ५ बजेसम्मको समय तोकेका छन्।

यस्तै, नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले यहाँ मुख्यमन्त्रीमा दावी पेश गर्ने तयारी गरेका छन्। उनले नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्तका लागि दावी पेश गर्ने तयारी गरेका हुन्।