काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद एवंम पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठ उपसभामुख रानालाई मानव बेचविखनको गम्भीर आरोप लगाएको भन्दै आफूखुसी मनपरी मिडियामा प्रचार नगर्न चेतावनी पनि दिएकी छन्।
उपसभामुखको विरुद्ध मिडियामा प्रचार भएको भन्दै उनले सदनमा असन्तुष्टि पोखेकी हुन्। अमेरिका जानका लागि ५ जनालाई सिफारिस गरेको भन्दै उपसभामुख इन्दिरा रानामाथि छानबिनको माग उठिरहेको छ।
उक्त माग आइतबार जारी सदनमा पनि उठेको छ। मानव तस्करी गर्न सहयोग पुग्ने गरी सिफारिस गरेको भन्दै कांग्रेस सांसद रामहरि खतिवडाले आपत्ति जनाएका थिए ।


प्रतिक्रिया