Breaking

कांग्रेस सांसद खतिवडाले मागे उपसभामुख रानाको राजीनामा


काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले उपसभामुख इन्दिरा रानालाई पदबाट राजीनामा दिन माग गरेकाछन् ।

आईतवार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उहाँले राजीनामा माग गरेकाहुन् । उपसभामुख रानाले आफ्नो पदको दुरुपयोग गरेर ५ जनालाई अमेरिका लग्नेगरी पत्रका लेखेको विषय मानव तस्करीको प्रकृतिको भएको विश्लेषण भईरहेका बेला सांसद खतिवडाले सो घटना छानविनका लागि माग समेत गरे ।

उनले सिंगो संसदमाथि अपमान गर्ने उपसभामुख रानाले आफनो इज्जत बचाउन पनि तत्काल पद त्याग गर्नुपर्ने जिकिर गरे ।
यता, उपसभामुख रानामाथि आरोप लगाएर पार्टीको बद्नाम गराउने दुष्प्रयास गरिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले सो प्रकरणप्रति असन्तुष्टि जनाएको छ ।