काठमाडौँ – बंगलादेशमा प्रदर्शन र झडपका घटना बढेपछि कर्फ्यु घोषणा गरिएको छ । प्रधानमन्त्री कार्यालयले देशव्यापी कर्फ्यु घोषणा गरेको हो ।
राजधानी ढाकालगायत धेरै सहरमा केही दिनदेखि जारी हिंसालाई ध्यानमा राख्दै ठूलो मात्रामा सुरक्षा बल तैनाथ गरिएको बीबीसीले जनाएको छ ।
प्रहरी र आन्दोलनकारीबीच धेरै ठाउँमा झडप भएको छ । शुक्रबार नरसिङदीको कारागारमा आक्रमण भएको थियो । उक्त कारागारबाट सयौं कैदी भागेका छन् ।
प्रतिक्रिया