Breaking

विश्वासको पक्षमा मतदान गर्न एमालेको ह्वीप


काठमाडौँ – नेकपा एमालेले आफ्ना सांसद्लाई प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ । आइतबार (भोलि) प्रधानमन्त्री ओलीले विश्वासको मतका लागि गर्ने प्रस्तावमा अनिवार्य मतदान गर्न एमालेले आफ्ना सांसद्लाई ह्वीप जारी गरेको हो ।

प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने कार्यक्रम छ । भोलि बस्ने प्रतिनिधिसभाको बैठकमा ओलीले विश्वासको मत लिँदै छन् । आइतबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभाको बैठक बोलाइएको संसद् सचिवालयले जनाएको छ ।