Breaking

ईश्वर पोखरेलको खुलासा : आगामी निर्वाचनमा माओवादीलाई साथ नलिने सर्तमा नयाँ गठबन्धन बन्यो


काठमाडौँ – नेकपा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा माओवादीलाई साथ नलिने सर्तमा कांग्रेस-एमालेको सरकार बनेको बताएका छन् ।

कतारको दोहामा भएको प्रवासी मञ्चको सातौं अधिवेशनलाई सम्बोधन गर्दै पोखरेलले नयाँ गठबन्धनको सहमतिको खुलासा गरेका हुन् । पोखरेलले राजनीतिक स्थायित्वको लागि कांग्रेस-एमाले सरकार बनेको दाबी गरे । २० सिटेलाई प्रधानमन्त्री बन्ने अवस्था आएकाले जनताको अभिमत प्राप्तहरूले नयाँ सरकार गठन गरेको उनले बताए ।

सम्बोधनकै क्रममा उनले प्रचण्डले चुलबुल गर्दा हुँदाखाँदाको सरकार ढलेको टिप्पणी समेत गरे । उनकै वेइमानका कारण सरकार ढलेको आरोप लगाए ।