Breaking

मानव तस्करीमा उपसभामुख इन्दिरा ! अमेरिकी पत्र छताछुल्ल


अमेरिकी दूतावासलाई लेखेको शंकास्पद पत्रले उपसभामुख इन्दिरा रानामगर विवादमा तानिएकी छन् । १७ महिनाअघि लेखिएको उक्त पत्र अहिले सार्वजनिक भएको छ भने भिसाका लागि उल्लेख भएका व्यक्तिहरु को हुन् भन्ने प्रश्न उठेको छ? साथै उनको यो कदमलाई गैरकुटनीतिक रबैयाकै रुपमा हेरिएको छ । जहाँ उल्लेखित व्यक्तिहरुको नामलेसमेत शंका जन्माउँदा भएको घटना के हो त ?

उपसभामुख इन्दिरा रानामगरले अमेरिकी दूतावासलाई लेखेको शंकास्पद पत्रले विवादमा तानिएकी छन् । आफूसहित ६ जनाको नाम लेखेर भिसा माग्दै लेखेको यो पत्र सन् २०२३ फेब्रुअरी २६ को भएपनि अहिले सार्वजनिक भएको हो । जसमा न्युयोर्कमा आयोजित गैरसरकारी संस्था ‘सिएसडब्यू–६७’को कार्यक्रममा जान लागेको भन्दै उनीबाहेक उपेन्द्र गौतम, सुष्मा लामा, राजेश लामा तामाङ, सुजन घर्तीमगर र धनप्रसाद गुरुङका लागि भिसा मागिएको छ। तर उनीहरु को हुन्?

किन उपसभामुख आफैँले उनीहरुका लागि भिसा माग गर्नुपर्यो भन्ने प्रश्न उब्जाउँदा उनको यो कदम शंकाको घेरामा परेको छ । तर,अमेरिकाले उनीसहित कसैलाई पनि भिसा भने दिएन । विभिन्न कार्यक्रममा जाँदा मान्छे लगेर विदेशमै छोड्ने तथा राजदूतले सहयोगीका नाममा मानव तस्करी गरेको आरोप लाग्दा उनको यो कदमलाई शंकास्पद रुपमा हेरिएको छ । पत्रमा उपसभामुखको लेटरहेड, छाप र हस्ताक्षर छ । पत्रको भाषा हेर्दा सिकारुले लेखे जस्तो देखिँदाउपसभामुखको यो कदमलाई गैरकुटनीतिक रबैयाकै रुपमा व्याख्या गरिएको छ ।

मुख्य कुरा त राज्यबाट भीआईपी सुविधा पाउने कुनै पनि उच्च तहको व्यक्ति विदेश जानुपरे सबै प्रक्रिया सरकारी संयन्त्रले नै अघि बढाउँछ। उपसभामुखको हकमा संसद् सचिवालय हुँदै परराष्ट्रबाट काम हुने प्रचलन छ। तर, उपसभामुख रानामगरले किन आफैँ पत्र लेखिन् यसैलेसमेत शंका गर्ने ठाउँ दिएको छ ।

अञ्जान भनिएका व्यक्तिहरूलाई आफ्नो टिममा राख्नु, अनि अनियमित तबरबाट दूतावासलाई पत्र लेख्नु पर्ने अवस्था उनलाई किन आइपर्यो भन्ने प्रश्न अहिले उठेको छ ।जहाँत्यसबेला निकै जोडबल गरेपछि उनलाई भने अमेरिकाले पछि भिसा उपलब्ध गराएको थियो ।बल्लतल्ल आफ्नो मात्र भिसा आएपछि उपसभामुख रानामगर उक्त कार्यक्रममा सहभागी हुन गत वर्षको २६ फागुनमा कतार एयरको विमानबाट दोहा हुँदै अमेरिका गएकी थिइन् ।

एक्लै अमेरिका उडेकी रानामगर एक साताको भ्रमण पछि स्वदेश फर्किएकी थिइन् ।जसको जवाफ खोज्न फोन गर्दा उपसभामुख रानामगरले फोन उठाइनन् । यसले उनी जवाफबाट भाग्न खोजेको प्रष्ट हुँदा उनले यसअघि पनि बेलायतको भिसा पाएकी थिइनन् । एनआरएनए यूके (प्रेम गाहामगर) पक्षको निमन्त्रणामा उपसभामुख रानामगरले बेलायत जान आवेदन दिएको कुटनीतिक भिसा (एक्जेम्ट भिसा) का लागि उनको योग्यता नपुगेको प्रष्टीकरण बेलायतले दिएको थियो । फलतः यसरी कुनै समयको गैरकुटनीतिक त कहिले भिसा नै रद्द भएको उनको विगतले देशको गरिमामाथि नै आँच आएको रुपमासमेत व्याख्या गरिएको छ ।

हुन त नक्कली भुटानी शरणार्थी प्रकरणमा उनको पार्टी रास्वपाले आगो ओकल्दै आएको छ । नीति नियम र कुटनीतिक व्यवहारका सम्बन्धमा पुरानामाथि उनीहरुको प्रहार कम छैन । फलतः रानामगरको यो कदम प्रश्नको घेरामा पर्दा एकपछि अर्को रास्वपाका नेता विवादमा पर्नुलाई विडम्बना मान्न सकिन्छ । जसको जवाफ दिएर सत्यतत्थ्य बताउनुको साटो भाग्ने उनीहरुको शैली अझ शंकास्पद देखिन्छ । यद्यपि, नयाँ समीकरणले राष्ट्रिय सभा अध्यक्षदेखि उपसभामुखसम्म फेर्ने तयारी गरेको चर्चाकाबीच यो पत्र सार्वजनिक हुनु संयोग हो अथवा नियोजित ?जसको सत्यतत्थ्य छानविन हुन जरुरी छ ।