काठमाडौँ— एमाले अध्यक्ष केपी शर्मा ओलीलाई रोक्ने संकल्पमा असफल पुष्पकमल दाहाल प्रचण्ड विपक्षी मोर्चा कस्न लागि परेका छन् । नयाँ सरकार गठन भइसकेपछिसदनमा आवाज बलियो बनाउन प्रतिपक्षी दलहरूले मोर्चामा शक्ति थप गर्ने उद्देश्य राखेका हुन् । जहाँ सरकारको नियुक्तिलाई नै अदालती मुद्दा बनाइँदा प्रचण्ड बलियो भूमिकाको तयारीमा छन् । ओलीकोशपथ ग्रहण समारोहमा उनले देखाएको हाउभाउले नै आक्रमक बन्न सक्ने संकेत गर्दा प्रतिपक्षको दृश्य कस्तो देखिएला त ?
एमाले कांग्रेस मिलेर नयाँ सरकार गठन गरेपछि ब्युँझिएका पुष्पकमल दाहाल प्रचण्ड प्रतिपक्षी मोर्चा बलियो पार्न सक्रिय भएका छन् । यसैको माध्यमबाट पुनः सत्तारोहणको सपना देखिरहेका उनी वर्तमान गठबन्धन धेरै नटिक्नेमा ढुक्क छन् । फलतः सबैभन्दा पहिले प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिलाई नै अदालती मुद्दा बनाइएको छ । जसको मुख्यभागमा माओवादी नदेखिएपनि राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठन गर्न गरेको आह्वान र प्रधानमन्त्री नियुक्ति संविधान विपरीत भएको भन्दै अधिवक्ता दीपक अधिकारी, खगेन्द्र चापागाईं र शैलेन्द्रकुमार गुप्ताले सोमबार सर्वोच्चमा रिट दायर गरेका हुन् । जुन प्रचण्डले चाहेकै एक प्रतिपक्षीय कदम देखिँदाउनलाई अहिले समाजवादी मोर्चाको समेत याद आएको छ ।
निकै अप्रत्याशीत र धोकापूर्ण अवस्थाको सामना गर्दै बालुवाटारबाट निकालिएपछि प्रधानमन्त्रीकै शपथ ग्रहणमासमेत सहज बन्न नसकेका उनी योपल्ट बदलाकै भावनाले अघि बढेका छन् । फलतः मोर्चामा उनले आफू केपी ओलीबाट ठूलो धोकामा परेको भन्दै संविधान र अधिकार रक्षाको अभियानमा जान प्रस्ताव गरेका छन् । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललेसत्तामा हुँदा समाजवादी मोर्चालाई उति चासो नदिएको भन्दै गरेको आलोचनालाई समेत स्वीकारेका उनले अब संविधान रक्षाका लागि सडकमै जानुपर्ने अवस्थासमेत आएको बताउन भ्याए । सो बैठकमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव उपस्थित नभएर विगतमा दिएको धोकोको असन्तुष्टि प्रस्तुत गरे । सो मोर्चाले कांग्रेस–एमालेबीच ‘अप्राकृतिक’ गठबन्धन भएको पनि निष्कर्ष निकालेको छ ।मोर्चाको समाजवादी बाटोमा अघि बढ्न दीर्घकालीन कार्यनीति बनाउन नेकपा महासचिव एवं मोर्चाका संयोजक नेत्रविक्रम चन्दको संयोजकत्वमा कार्यदलनै बनाइएको छ । त्यस्तै मोहनविक्रम सिंह लगायत अरु घटकलाई पनि मोर्चामा जोड्ने निर्णय गराएका प्रचण्ड यसलाई पूर्वमाओवादीलाई जोड्ने कडिकै रुपमा प्रयोग गरेर सत्ता गठबन्धन टुटाउने आशामा देखिन्छन् ।
हुन त प्रचण्ड प्रतिपक्षमा पुगेबाटै डा.बाबुराम भट्टराई प्रहारमा उत्रिएका छन् । जहाँ ब्युँतिएको मोर्चामा प्रचण्डले बाबुरामलाई समेट्न चाहेका छैनन् । तर, अहिले भट्टराईकै पार्टीबाट अलग भएर आएका महेन्द्र यादवलाई समावेश गराएपछि भट्टराई थप रुष्ट बनेका छन् । यसले विपक्षीलाई एक ठाँउमा उभिने अवस्था कमजोर बन्दा अन्तिम घडिसम्म साथ दिएको रास्वपाले समेत प्रचण्डलाई आँखा चिम्लेर विश्वास गर्ने अवस्था छैन ।यता सत्ता गठबन्धनकै विषयमा समेत धेरैबोल्ने ओली र बोल्दै नबोल्ने देउवाको समीकरणमा ईतरसमूहका प्रमुख मान्छे समेटिएनन् । आरजु राणा जस्ता पात्र मन्त्री बन्दा प्रहार गर्ने ठाउ बनेको छ भने सुशासनका कारण गठबन्धन टुटेको दाबीलाई बल पुग्ने फाइदामा प्रचण्ड छन् । त्यस्तै पटक पटक कांग्रेसलाई नजिकबाट नियालेका उनले आफूले नसकेका ओलीसँग कांग्रेसीजन धेरै नटिक्ने विश्वासमा छन् । यता पूर्णबहादुर खड्का नै यो गठबन्धनप्रति सकारात्मक नहुनु तथा यो धेरै नटिक्ने भन्दै ब्रिफिङ गर्न थाल्नुले समेत यसलाई धेरै नटिकाउने आशामा माओवादीजन देखिन्छन् । जसमा केही नेता त बल्ल प्रचण्डको वुद्धि फिरेको र सत्ताकै लागि सबैथोक तिलाञ्जाली दिनुपर्ने अवस्थाबाट पार्टी माथि उठ्ने आशामा देखिन्छन् ।
हुन त अहिलेबाटै दुवै पार्टीसंग छलफल थालिसकेको माओवादी नेताहरुको दाबी छ । तर पोल्टामा आएको नेतृत्व जोगाउने ओलीले हरतरह प्रयास गर्ने पक्का हुँदा देउवाको छवी त बचन पक्का भएको व्यक्तिकै रुपमा छ । जहाँ एमाले कांग्रेस एक ठाँउमा उभिदासमेत अस्थिरताकै खेल सुरु हुनुले देश नै दुर्घटनामा पर्ने विश्लेषणकाबीच प्रचण्डको प्रयास अलि सकसपूर्ण नै छ । त्यस्तै समाजवादीमोर्चामा थप हुने दलहरूको संख्या र हैसियत निकै कम रहेकाले राजनीतिक रूपमा यसको प्रभाव सामान्य रहने राजनीतिक विश्लेषकहरू बताउँछन् । यद्यपि संसदको अस्थिर अंकगणित,विदेशी प्रभुको छायाँ र नेतृत्वका लागि जे पनि गर्ने शैलीले भने पूर्वानुमान फेल नखाला भन्न सकिदैन ।
प्रतिक्रिया