Breaking

ओली टिमको प्रोफाइल, २१ मन्त्रीलाई नजिकबाट चिनौँ, कसको पृष्ठभूमि कस्तो ?


आइतबार साँझ देशको ४५ औं प्रधानमन्त्रीका रुपमा नियुक्त भएका केपी शर्मा ओलीले सोमबार पद तथा गोपनीयताको शपथ लिए । आफूसहित २१ जनालाई मन्त्रिपरिषद्मा सामेल गराएका ओलीका मन्त्रीहरू को–कस्ता छन् त ?

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको क्याबिनेटको पहिलो वरीयतामा परेका उपप्रधान तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका प्रकाशमान सिंह लगातार तीन पटक काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित मन्त्री हुन् । तत्कालीन सुशील कोइरालाको सरकारमा उपप्रधानमन्त्री तथा स्थानीय विकास र सङ्घीय मामिलामन्त्री भएर पटक पटक सरकारमा गएका प्रकाशमानले सभापति शेरबहादुर देउवालाई सभापतिमा गुण लगाएकै कारण अहिले फेरि उनी पार्टीबाट सरकारको नेतृत्व गर्न सफल भएका छन् । उपप्रधानसहित अर्थ मन्त्रालयको जिम्मा सम्हालेका विष्णु पौडेलले सोमबारदेखि आठौं पटक मन्त्रीका रूपमा सिंहदरबारको यात्रा सुरु गरेका छन् ।

खेलकुद मन्त्रीबाट मन्त्रालयको यात्रा सुरु गरेका पौडेलसँग जलस्रोत हुँदै रक्षा सम्हालेको अनुभव पनि छ । रुपन्देही २ बाट निर्वाचित पौडेलले त्यसपछि पाँच पटक लगातार अर्थ सम्हालेका छन् । लमजुङबाट माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरूङलाई पराजित गरेर संसद्को ढोका खोल्न सफल पृथ्वीसुब्बा गुरूङ सञ्चार तथा सूचना प्रविधि मन्त्री बनेका छन् । गण्डकी प्रदेशको मुख्यमन्त्री भइसकेका गुरुङ उपप्रधानसहितको मन्त्रालय लिएर क्याबिनेटमा जाने कोसिस गरेपनि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको जोडबलमा मन्त्री बन्न सफल भएका हुन् ।

यसअघि पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय हाकिसकेका गुरूङसँग मन्त्री भइसकेको अनुभव छ । कञ्चनपुर ३ बाट निर्वाचित रमेश लेखकले पाएको अवसरलाई सदुपयोग गर्दै गृहमन्त्रालय हत्याउन सफल भएका छन् । नेपाली कांग्रेसको प्रमुख सचेतको भूमिकाबाट सभापति देउवाको खास व्यक्ति बनेका लेखक पार्टीका अन्य प्रभावशाली नेताहरूलाई पछि पार्दै गृहमन्त्री जस्तो महत्वपूर्ण ओहोदामा पुगेका छन् । उनी यसअघि तीन पटक प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।


पञ्चायतदेखि गणतन्त्रसम्म २० पटक मन्त्रालयको अनुभव बुटलिसकेका शरदसिंह भण्डारीले ओली क्याबिनेटमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको जिम्मेवारी पाएका छन् । मन्त्री बनेपछि स्याम्पेन फोड्ने छविको रुपमा परिचित भण्डारीसँग सबैभन्दा धेरै पटक मन्त्री भएको अनुभव छ । लोकतान्त्रिक समाजवादी पार्टीका नेता भण्डारीलाई बारम्बार मन्त्री बनाउने किल्ला महोत्तरी २ लाई लिने गरिन्छ ।


कांग्रेस सभापति देउवापत्नी भएकै कारण समानुपातिकबाट माननीय बनेकी आरजु राणाले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाएकी छन् । कांग्रेस एमालेबीच सत्ता सहकार्यको सहमति हुँदैगर्दा ओली र देउवाको तस्वीर कैद गरेबाट नै मन्त्री बत्रे चर्चामा रहेकी आरजुबाट भारतसँग चिसिएको ओलीको सम्बन्धमा सुधार गरिने अपेक्षा छ । भारतमा नै पढेकी र भाजपासँग पनि निकट भएकी हुँदा ओलीको मन्त्रिपरिषद्मा भाउजु अटाएकी हुन् ।


पर्सा १ लाई आफ्नो आधार क्षेत्र बनाएर लगातार दुई गठबन्धनकै सरकारमा मन्त्री बत्र सफल प्रदीप यादवले खानेपानी मन्त्रालयको जिम्मा आइपरेको छ । मन्त्री बत्रकै लागि जसपा नेपालबाट अलग्गिएका यादव प्रचण्ड सरकारमा छोटो समय नै भए पनि स्वास्थ्य मन्त्री बनेका थिए ।


प्रचण्डको सरकारमा देखिएका चार मन्त्री ओलीको मन्त्रिपरिषद्मा पनि देखिएका छन् । पर्सा १ लाई आफ्नो आधार क्षेत्र बनाएर लगातार दुई गठबन्धनकै सरकारमा मन्त्री बत्र सफल प्रदीप यादवले खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन् । मन्त्री बत्रकै लागि जसपा नेपालबाट अलग्गिएका यादव प्रचण्ड सरकारमा छोटो समय नै भए पनि स्वास्थ्य मन्त्री बनेका थिए ।

त्यस्तै कपिलवस्तु १ बाट निर्वाचित बलराम अधिकारी दोहो¥याएर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा आए भने बैतडीबाट निर्वाचित दामोदर भण्डारी पनि पहिलेकै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा दोहोरिएका छन् । प्रचण्ड सरकारमा वनमन्त्री बनेका नवलकिशोर साह सुडी यो गठबन्धनमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा पुगेका छन् । उनीसँग पटक पटक विभित्र मन्त्रालय सम्हालिसकेको अनुभव छ ।

राष्ट्रिय सभामा एमाले संसदीय दलको नेताको जिम्मेवारीको भूमिकामा रहेका देवेन्द्र दाहालले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट आफ्नो मन्त्रीको यात्रा सुरु गरेका छन् ।


सप्तरी क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष निर्वाचित सांसद तेजुलाल चौधरी युवा तथा खेलकुद मन्त्रालय सम्हाल्दै पहिलो पटक मन्त्री बनेका छन् । पर्सा क्षेत्र नम्बर २ बाट विजयी भएका अजय चौरसिया पनि पहिलो पटक मन्त्री बनेका छन् । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मा पाएका चौरासिया नेपाली कांग्रेस नेताका नेता हुन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा नियुक्त भएकी विद्या भट्टराई एमाले नेता रविन्द्र अधिकारीको विरासत बोकेर राजनीतिमा आएकी हुन् ।

पहिलो पटक मन्त्री बनेकी भट्टराई कास्की २ बाट निर्वाचित हुँदा योग्यताले मन्त्री बनेकी हुन् । नेपाली कांग्रेसका बलबहादुर केसीलाई पराजित गरेर चर्चामा आएका सोलुखुम्बुबाट निर्वाचित मानवीर राई पहिलो प्रयासमा नै रक्षा मन्त्री बन्न सफल भएका छन् । सङ्घुवासभाका अर्बपति सांसद दीपक खड्का उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री बनेका छन् । दुई पटक संसद् छिरिसकेका खड्काले उर्जा क्षेत्रमा लगानी गर्दै आइरहेका छन् भने उनी यसअघि पनि २०७३ सालमा सुशील कोइराला नेतृत्वको सरकारमा खानेपानी तथा सरसफाइ राज्यमन्त्री बनेका थिए ।

पर्सा–३ बाट सांसद बनेका राजकुमार गुप्ता सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा नियुक्त भएका छन् । एमाले पृष्ठभूमिका गुप्ताले संसदीय राजनीतिमा आएको दोस्रो पटकमा मन्त्रालय सम्हाल्न लागेका हुन् ।
प्रदीप पौडेल पहिलो पटक सदन छिरेका प्रदीप पौडेल कांग्रेस माओवादीको सरकार हुँदा नै मन्त्री बत्रे होडमा भए पनि सकेका थिएनन् । तर, अहिले दुई महामन्त्रीको जोडबलसहित शेखर कोइरालाको बलमा मन्त्री बत्र सफल भए । महामन्त्री गगनकुमार थापाले पहिले रोजेकै मन्त्रालय, प्रदीपलाई स्वास्थ्यमन्त्री जस्तो महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हाल्ने अवसर मिलेको छ ।

बाजुराका जनताको भोटले सांसद्को पद धारण गरेका बद्री पाण्डेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाएका छन् । धादिङ २ बाट निर्वाचित रामनाथ अधिकारी कृषि तथा पशुपन्छी विकास मन्त्रीमा नियुक्त भएका छन् । मुगुबाट निर्वाचित सांसद कांग्रेस नेता ऐनबहादुर शाही ठकुरी ओली सरकारमा अन्तिम वरीयतामा परे पनि वनमन्त्री बत्र सफल भएका छन् ।