अन्तर्राष्ट्रिय

क्रुरताको हद नाघ्दै किम, टीभी शो हेर्नेलाई मृ˄त्युदण्ड


काठमाडौँ – उत्तर कोरियाले दक्षिण कोरियाली र अमेरिकी टिभी शोहरू हेरेको भन्दै ३० भन्दा बढी बालबालिकालाई मृत्युदण्ड दिएको छ । यही वर्षको सुरुमा सर्वोच्च नेता किम जोङ उनले दक्षिण कोरियालाई आफ्नो सबैभन्दा ठूलो शत्रु घोषणा गरेका थिए । तर यसलाई मनन नगरेपछि ३० भन्दा बढी बालबालिकालाई मृत्युदण्ड दिइएको हो ।

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन विश्वका चर्चितमध्येका एक नेता हुन् । उनलाई सनकका भरमा काम गर्ने नेताका रुपमा पनि धेरैले चिन्छन् । हुन पनि उनले कतिबेला के गर्ने हुन् भन्ने पूर्वानुमान कसैले गर्न सक्दैनन् । त्यही कारणले उनी विश्वभर चर्चित छन् । सनकको भरमा काम गर्ने किम जोङ अधिनायकवादी शासन व्यवस्थामा चलिरहेको राष्ट्र उत्तर कोरिया जहाँ पश्चिममा मुलुकहरुका लागि पनि एउटा हाउगुजीका रुपमा रहँदै आएको छ ।

अन्तराष्ट्रियरुपमा अमेरिकासंग शीत युद्धको पौंठेजोरी खेलेर नथाक्ने किम जोङको शत्रुहरूसँग उनको रिस यति भयानक हुन्छ कि कुनै हालतमा तिनीहरूको प्रशंसा सहन सक्दैनन् । हालै मात्र उत्तर कोरियाका शासक किम जोङ उनले दक्षिण कोरियाली र अमेरिकी टिभी शोहरू हेरेको भन्दै ३० भन्दा बढी बालबालिकालाई मृत्युदण्ड दिएका छन् ।
यही वर्षको सुरुमा किमले दक्षिण कोरियालाई आफ्नो सबैभन्दा ठूलो शत्रु घोषणा गरेका थिए ।

उत्तर कोरियामा दक्षिण कोरियाली टिभी कार्यक्रम हेर्नु र गीत सुन्नु कानुनी रुपमै अपराध मानिन्छ । अर्को शब्दमा भन्नुपर्दा अन्य देशको संस्कृति भित्रिएमा देशमा विद्रोहको सोच आउन सक्ने त्यहाँको शासकको निष्कर्ष हो । उत्तर कोरियामा दक्षिण कोरियाली टिभी सिरियल र कार्यक्रमहरू प्रसारण हुँदैनन् । केही तस्करले लुकीचोरी पेन ड्राइभमा महँगो मूल्यमा बालबालिकाहरूलाई यस्ता प्रतिबन्धित टिभी सिरियलहरू बेच्ने गरेका छन् ।

हालै दक्षिण कोरियाली मिडिया चोसुन टिभी र कोरिया जोङआङ डेलीले एउटा रिपोर्ट तयार गरेका थिए । रिपोर्टका अनुसार उत्तर कोरियाले लुकीचोरी के–ड्रामा हेरेको भन्दै माध्यमिक विद्यालयमा पढ्ने ३० जना विद्यार्थीलाई मृत्युदण्ड दिएको दाबी गरेको छ । दक्षिण कोरियाली अधिकारीहरूले यी दाबीमा सिँधै टिकाटिप्पणी गरेका छैनन् ।

उत्तर कोरियाले दक्षिण कोरिया, अमेरिका र जापानको संस्कृतिलाई कुनै पनि नागरिकले नअपनाउन् भन्ने सुनिश्चित गर्न कानुन नै ल्याएको छ । कसैले यस्तो गरेको पाइएमा कडा कारबाही हुनेछ । यसअघि पनि दक्षिण कोरियाली गीत सुन्नेलाई मृत्युदण्डको सजाय दिइएको खबर आएको थियो । सन् २०२२ मा संयुक्त राष्ट्र संघको एक रिपोर्टमा उत्तर कोरियाको कांगवोन प्रान्तमा एक व्यक्तिलाई सार्वजनिक रूपमा गोली हानिएको भनिएको थियो । दक्षिण कोरियाली टिभी कार्यक्रमको क्लिप बेचेको पाइएपछि उनलाई सो सजाय दिइएको थियो । उत्तर कोरियाली जनतामाथि शासक किम जोङको नियन्त्रण र उनको शासक कति क्रुर छ भन्ने उदाहरण पछिल्लो घटना क्रमले पनि देखाएको छ ।