Breaking

मोदीले नवनियुक्त प्रधानमन्त्री ओलीलाई बधाई दिएसंगै परराष्ट्र मन्त्री आरजुलाई भारतीय समकक्षी जयशंकरको बधाई


काठमाडौँ— परराष्ट्रमन्त्री आरजु राणा देउवालाई भारतीय समकक्षी एस जयशंकरले बधाई दिएका छन्।

आज परराष्ट्रमन्त्री आरजुले शपथ ग्रहण गरेसँगै भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जाल एक्स (ट्विटर)मार्फत बधाई दिएका हुन्।

‘नेपालको परराष्ट्रमन्त्रीको रुपमा नियुक्त हुनुभएकोमा आरजु राणा देउवालाई हार्दिक बधाई। बहुआयामिक साझेदारीलाई अघि बढाउन तपाईसँग मिलेर काम गर्न तत्पर छु,’ जयशंकरले लेखेका छन्।

त्यस्तै यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिएका थिए। उनले दुई देशबीचको मित्रताको गहिरो सम्बन्धलाई थप बलियो बनाउन र जनताको प्रगति र समृद्धिका लागि पारस्परिक सहकार्य गर्ने बताएका थिए।