Breaking

लोसपाबाट शरतसिंह भण्डारी श्रममन्त्री


काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टीबाट शरतसिंह भण्डारी श्रममन्त्री बन्ने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सपथसँगै मन्त्रिपरिषद् गठनको तयारी गरेका छन् । कांग्रेस र एमालेका साथै लोसपा र जसपालाई पनि सरकारमा समेट्ने उनको तयारी छ । लोसपाबाट भण्डारी श्रम मन्त्री बन्ने छन् । उनी गत फागुनसम्म प्रचण्ड नेतृत्वको सरकारमा श्रममन्त्री थिए । प्रचण्डले कांग्रेस छाडेर एमालेसँग गठबन्धन गरेपछि उनी हटे । त्यसपछि रास्वपाका उपसभापति डीपी अर्याल करिव ४ महिना श्रममन्त्री बनेका थिए ।

लोसपाको संसदमा चार सांसद छन् ।