काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)ले प्रदीप यादव र नवल किशोर साह सुडीलाई मन्त्री बनाउने भएको छ ।
महासचिव इस्तियाक राईका अनुसार केपी शर्मा ओली नेतृत्वको सरकारमा जसपाले २ मन्त्रालय लिने सहमति भएको छ । त्यसअनुसार खानेपानी मन्त्रीमा यादवलाई पठाउने निर्णय भएको छ । उनी प्रचण्ड सरकारमा छोटो समय स्वास्थ तथा जनसंख्य मन्त्री थिए । २३ वैशाखमा जसपा नेपाल फुटेर जसपा बनेपछि उनी स्वास्थ्यमन्त्री बनेका थिए ।
नवल किशोर साहको मन्त्रालय भने टुंगो लागेको छैन । उनी प्रचण्ड नेतृत्वको सरकारमा झण्डै चार महिना वन तथा वातावरण मन्त्री थिए ।
प्रतिक्रिया