Breaking

ओलीको शपथ पक्का, कांग्रेसमा मन्त्रीकै कलह


एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएसँगै मन्त्री बन्नेहरुको अनुहारप्रति आमचासो बढेको छ । सोमबार आफूसँगै मन्त्रीहरुको पनि शपथ गराउने उनको योजना बमोजिम आजसम्म यो टुङ्गो लगाईसक्नुपर्ने बाध्यता छ । जसले आकांक्षीहरुको दौडधुप बढाउँदा कुन पार्टीबाट को को बन्दै छन् त मन्त्री ?

नयाँ प्रधानमन्त्रीमा एमालेका अध्यक्ष केपी शर्मा ओली नियुक्त भएसँगै दलहरु मन्त्रीको नाम टुङगाउन लागि परेका छन् । प्रधानमन्त्रीसँग मन्त्रीहरूको पनि शपथ गराउने कांग्रेस–एमालेको तयारीस्वरुप अन्तिम निर्णय गर्नुपर्ने घडीमा उनीहरु पुगेका हुन् । फलतः साना दललाई पनि समेट्ने भन्दै एक एक मन्त्रालय घटाएर कांग्रेसको भागमा ९ र एमालेकोमा ८ मन्त्रालय भागवण्डा गरिएको छ ।

जसअन्तर्गत अर्थमन्त्रालय एमालेको भागमा पर्दा विष्णु पौडेल अर्थमन्त्री बन्दै छन् । त्यस्तै सरकारको प्रवक्ताको जिम्मेवारीसहित योगेश भट्टराई सन्चार तथा सुचना प्रविधि मन्त्री बन्दै छन् । यता पृथ्वीसुब्बा गुरुङ भौतिक पूर्वाधारमन्त्री बन्ने दौडमा छन् । तर त्यसमा कांग्रेसका प्रकाशमान सिंहले ईच्छा जाहेर गर्दा रघुबीर महासेठले पनि गुरुङका लागि त्याग गर्न स्वीकारेका छन् । त्यस्तै क्षमता भएरपनि पालो नपाएको पात्रका रुपमा गनिने पात्र छविलाल विश्वकर्मा पनि एमालेबाट मन्त्री बन्दै छन् ।

उनी कृषी वा शिक्षा कुन मन्त्री पक्का नहुँदा शिक्षा मन्त्री बन्ने दौडमा भने कृष्णगोपाल श्रेष्ठ पनि छन् । गिरिबन्धुको कानुन बनाएर ओलीलाई सहयोग गरेका दामोदर भण्डारी उद्योगमन्त्री बन्दै छन् । सुदुरपश्चिबाट एमालेको नेता नहुँदा उनलाई ओलीको कृपाले मात्रै नभई भुगोलले पनि साथ दिएको हो । त्यस्तै महासेठको ठाँउमा मधेशबाट र महिलाबाट प्रतिनिधित्व हुने तथा मधेशबाट निर्वाचित जुली महतो बन्ने चर्चा रहँदा यसमा विद्या भट्टराईको पनि चर्चा छ ।

यसले सरकारका लागि एमालेले निकै चुस्तदुरुस्त टिम बनेको देखिदाँ महासेठका बुढाबुढीलाई बोक्नै पर्ने ओलीको बाध्यता के हो भन्ने प्रश्न समेत छ । यद्यपि प्रत्यक्ष निर्वाचितलाई मन्त्री बनाउने बाटो अख्तियार गर्ने एमाले कदम देखिन्छ् ।

यता कांग्रेसबाट प्रकाशमान सिंहले सरकारको नेतृत्व गर्ने भएका छन् । तर उनको खोजेको भौतिक पूर्वाधार पृथ्वीसुब्बाको दाबी रहँदा उनलाई समेटिन सकिने रक्षामा पनि एमालेकै भागमा छ । जहाँ सभापति शेरबहादुर देउवा भने उनलाइ सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धकेल्न चाहन्छन् ।

त्यस्तै आरजु राणा परराष्ट्रमन्त्री बन्ने पक्का हुँदा योग्यता योगदान र भूगोललाई मन्त्रीको मापदण्ड बनाएको कांग्रेसले रमेश लेखक र आरजुमा यो लागु गरेको छैन । लेखक गृहमन्त्री बन्ने छन् । जहाँ उनीहरुको भूगोल एकै भएको भन्दै यीनीहरुलाई रोक्ने बहानामा ईतर पक्षले वार्गेनिङ बढाउँदा अर्जननरसिंह केसीलाई त देउवा आग्रह नै गरेका थिए ।

तर प्रकाशमानको नेतृत्वकै कारण उनको यात्रा रोकिदा अहिले शेखर पक्ष आफ्नो भाग बढाउँने रणनितिमा छ । जहाँ ९ मन्त्रालय मात्रै पाएको भन्दै दुई जनामात्र दिने शेखरलाई देउवाले बताएका छन । यता दुईमहामन्त्री प्रदीप पौडेललाई मन्त्री बनाउन लागि परेका छन् । जसले प्रदीपले स्वास्थ मन्त्री बन्ने सम्भावना उच्च छ ।

जीवन परियार शेखर पक्ष मन्त्री बन्ने तर उनको मन्त्रालय खुलेको छैन । देउवा र शेखर दुवैपक्षको नजिक भएकोले सबैभन्दा पहिले नाम नै उनको निश्चित भएको थियो । त्यस्तै कोशीको भूगोल र देउवा शंशाक कोईरालाकै नजिक भएका दिपक खड्का पनि मन्त्री बन्ने सम्भावना उच्च मधेशबाट तेजुलाल र अजय चौरसिया समेटिने चर्चा छ ।

भोलि नै लोसपाले पनि आफ्ना मन्त्री पठाउने छ । जसबाट शरदसिंह भण्डारी र सर्वेन्द्रनाथ शुक्ला दुईजना लबिङमा रहँदा महन्त ठाकुरको जिल्लाबासी भएको तथा श्रम मन्त्रालयनै मागेका कारण शरदको सम्भावना बलियो छ । साना दलमा एक एक मन्त्रालयसहित डा.सिके राउतको जनमत, अशोक राईको जसपा, नागरिक उन्मुक्ति पनि सहभागी हुने पक्का भएको छ । त्यसमा अशोकले प्रदीप यादवलाई नै दोहोर्याउने पक्का गर्दा एक राज्यमन्त्री मागिरहेका छन् । यी साना दलहरु महिला तथा वालवालिका, युवा तथा खेलकूद, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, खानेपानी मन्त्रालयमा समेटिने छन् ।