Breaking

के नेपालको सरकार माफिया र विदेशीले फेर्छन् ? प्रधानमन्त्री बनेका देउवा, ओली र प्रचण्ड मतियार हुन् ? (भिडियोसहित)


काठमाडौँ— नेपालका राजनीतिक दलहरू विदेशीबाटै परिचालिन हुने र राष्ट्रिय राजनीति नेपालको बसमा नरहने कुरा स्वयम प्रधानमन्त्रीले बताईरहेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने जस्तै के सार्वभौम मुलुक नेपाललाई गोटी बनाएर विदेशी विचौलियाले नै, सरकार ढाल्ने र बनाउने दुर्गन्धित खेल खेल्छन् त ?

काम चलाउ प्रधानमन्त्रीको हैसियतमा रहेका पुष्पकमल दाहाल प्रचण्डका अनुसार नेपालको राजनीति, दल, र तिनका नेताको नभई ठूला व्यापारी र विचौलियाको बशमा हुने गरेको छ । सार्वभौमसत्ता अधिकार प्राप्त जनताको प्रतिनिधित्व गर्ने संसदको रोष्टममा उभिएर प्रचण्डले शुक्रबार देशको सरकार विचौलियाबाट परिचालित हुने गम्भीर आरोप लगाएका हुन् । देशको प्रधानमन्त्री पदमा आसिन कार्यकारीले कुनै औपचारिक सार्वजनिक मञ्चबाट नभई संदनको रोष्टमबाट बोलेको यो अभिव्यक्ति एक पटक सुनौं ।

स्मरण रहोस कुनै बेला उनै प्रचण्डले होसियए आफुलाई प्रधानमन्त्री बनाउन भारतीय व्यापारी प्रितम सिंह दिल्ली दौडिएको विवादास्पद अभिव्यक्ति दिएका थिए । अहिले आफ्नो सुशासनको सरकार ढाल्न लागिपरेको वर्गले शक्ति देखाउँदा आफू सत्ताबाट च्यूत हुन परेको प्रचण्डको ठम्याई छ । एमालेले साथ छोड्दा सरकारबाट हात धुनु परेका प्रचण्डले नयाँ समीकरणबाट बत्रे सरकार विश्वास, आदर्श र निश्चित उद्देश्यले भन्दा पनि त्यही विचौलिया वर्गको जोडबलले बनेको बताईरहँदा उनकै जस्तो बुझाई सदनमा प्रतिनिधित्व गर्ने अर्का सांसदको पनि छ । देशको राजनीति ठूला व्यापारीको स्वार्थका आधारमा चल्ने नेकपा माओवादी केन्द्रबाट सांसद बनेका माधव सापकोटा पनि बताउँछन् ।

राष्ट्रिय राजनीतिमा माफिया राजको हाली मुहाली चल्ने प्रधानमन्त्रीको अनुभव छ । यसको मतलब उनी पनि अहिलेसम्म त्यही विचौलियाको रोहबरमा नै थिए भत्रे प्रश्न उठेको छ । आफू कार्यकारीपदमा बसुञ्जेल देशमा अनैतिक कार्य भईरहेको थाहा हुँदा हुँदै पनि मौन बस्ने अनि सत्ता बाहिर जाने भईसकेपछि पनि विष वमन गर्ने उनको शैलीले राष्ट्रघात भएकोमा भन्दा सत्ता च्यूत हुनु पर्दामा आक्रोशित देखिन्छन् । यता हिजो सत्ता बाहिर हुँदा अहिले प्रचण्डले लगाएकै आरोप लगाउने कांग्रेस अब सत्तामा आउने भईसकेपछि त्यसको खण्डन गर्न थालेका छन् । प्रधानमन्त्रीको अभिव्यक्तिलाई नेपाली कांग्रेसले सत्ताबाट बाहिरिन परेपछिको भडासको रुपमा अथ्र्याएको छ । प्रधानमन्त्रीले लगाएको आरोप निराधार कपोकल्पित भएको र नेपाली जनताले चुनेर पठाएको सार्वभौम संसद्ले नै सरकर बनाउने भन्दै रक्षात्मक छन् ।

देशको राष्ट्रियता माथि नै प्रहार हुने गरि सरकार पक्षबाट नै आईरहेका यस्ता अभिव्यक्तिलाई नै जोडबल हुने गरि विगतका घटनाक्रमले पनि देखाएकै छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा विचौलियाका मुख्य नाईकेको रुपमा देखा परेका बेचन झाको बाहिरिएको अडियोले पनि प्रचण्ड लगायतका सांसदले भनेको भनाईलाई थप पुष्टि गर्छ । नीतिगत भ्रष्टाचार गर्न क्याबिनेट बैठकबाट नै निर्णय गराउने सम्मको हैसियत राख्ने झादेखि, तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र रअ प्रमुख सामन्त गोयलबीच बालुवाटारमा भएको गोप्य भेटवार्ताले पनि देश विचौलिया र विदेशीको इसारामा चल्ने पुष्टिलाई नकार्न सकिदैन ।

नेपालको संविधानले सबैभन्दा शक्तिशाली पदको निर्धारण गरेको सर्वाेच्च कार्यकारी प्रधानमन्त्री भन्दा पनि शक्तिशाली वर्ग अरु कोही भएको प्रधानमन्त्री स्वयम्ले बताईरहेका छन् । तर, उनी आफलेै तीन÷तीन पटक सत्ताको बागडोर सम्हालिसकेको हुँदा प्रश्न उनीमाथि पनि तेर्सिन्छ नै । प्रचण्ड पनि ठूला व्यापारी विचौलिया र विदेशीकै सहयोगमा सत्ताको नेतृत्वमा पुगेका थिए ? यसको जवाफ कस्ले दिने?आफु हुँदा सबै ठिक अरु आउँदा विचौलियाको बल भन्ने प्रचण्डको अभिव्यक्ति आत्मरतीको उपज हुन सक्छ । उनले बोलेका कुरामा सत्यता भएपनि आफुसरकारमा हुँदा त्यही कुरा ग्रहण गरेकाले अहिले उनको भनाईले खासै तात्विक अर्थ राखेको देखिदैन ।