Breaking

पश्चिमाको लगानीमा संविधान संशोधनको ड्राफ्ट, कल्याण श्रेष्ठ मुछिए, ओलीको कमाण्डलाई प्रचण्डको धम्की (भिडियोसहित)


काठमाडौँ— संविधान संसोधनको मुल मुद्धासहितको गठबन्धनले सत्तारोहण गरेको छ । अव सपथग्रहणमात्रै बाँकि रहेको यो सरकार निर्माण हुनु उनीरुको भाषामाभारत गएपछि फेरिएको प्रचण्डको व्यवहार हो । जहाँ प्रचण्डपनि संविधानमा छेडखानी हुने आशँकाव्यक्तगर्दै छन् भने अध्ययनकालागिव्यक्ति नै टुङगो लगाएको चर्चासम्म किनबाहिर आयो आमचासो छ । त्यसो भए संविधान संसोधनकालागिदुई दल एक ठाँउमा उभिएका कि कसैले उभ्याईदिएको भन्ने प्रश्न समेत अहिले उठेको छ ।

संविधान संसोधनको मुख्य मुद्धा लिएको एमाले कांग्रेस गठबन्धन अव सत्तारुढ बनेको छ । उनहरुकै दाबीअनुसार अब यसले देशमा राजनीतिक स्थिरता दिने छ भने संविधानको स्वीकार्यता बढाउने छ । त्यसकालागि संसोधनआवश्यक रहँदा यो गठबन्धनले सानादलको दोकानबन्द गर्ने,दुई दलियप्रणालीमा देश जानेसम्मको सपना देखेको छ । जहाँ सर्वोच्च अदालतकापूर्व प्रधानन्याधीश कल्याण श्रेष्ठको संयोजकत्वमा संविधान संशोधनआयोग बनाउने सहमतिभएकोचर्चा नै यसअघि शुरु भएको थियो । त्यसको खण्डन केपीशर्मा ओलीगर्दा स्वयमश्रेष्ठले समेत यसबारेमाआफूसंग छलफल नभएको प्रष्टयाएका छन् । तर यो चर्चा नै किन उठ्यो त्यसमाउनको नाम नै किनआयो ?भन्ने प्रश्नयसले खडा गर्दा कामचलाउप्रधानमन्त्रीपुष्पकमलदाहाल प्रचण्डले नै पनिआशंकाव्यक्त गरेका हुन् । वर्तमान गठबन्धन अभिजातवर्गको ईशारामाशुशानसन विरुद्ध बनेको बताएकाउनले संविधानमा छेडखानी हुनसक्ने आशंकाजताएकाहुन् । जहाँमाओवादी केन्द्रले संविधान संशोधनभए सदन र सडकबाट सशक्तप्रतिरोध गर्ने बताएको छ भने समावेशीता र संघियताजस्ता विषयनचलाउन चेतावनी नै दिईसकेको छ । संविधानको मुख्यआधार मानिएको धर्मनिरपेक्षता,सघियता र समावेशीतामाप्रहार गर्न खोजिएको भन्दै प्रचण्डले त्यसविरुद्ध लड्न महिला,दलित,उत्पिडत बर्गलाई संसदबाटै आह्वान गर्न भ्याएका छन् । जसले यो संविधान ससोधनको विषय देशबाट अब शुरु हुने नभई यससँग सम्बन्धितसबै तयारी सकेर यो सरकार मोहरा मात्रै भएकोसम्मको आशंका गर्न थालिएको छ ।

हुन पनि पश्चिमाशक्ती धर्मनिरपेक्षताको पक्षमा छन भने भारत त्यसको विरुद्धमा देखिन्छ । विगतमा समेत यो संविधानमा फरक मत राखेकै कारण नाकाबन्दी नै गरेको उसले अहिले त्यसैलाई सच्याउने अवसर खोजिरहेको चर्चा छ । त्यस्तै राजावादीहरुसमेत यसमाआशावादी देखिदाँवर्तमानगठबन्धनप्रति उनीहरुको उत्साह अर्थपूर्ण छ । त्यस्तै कांग्रेस,एमालेका सांसदले अग्रगमनकालागि संविधान संशोधन गर्न लागिएको दाबीगर्छन भने राजनीतिक स्थायित्वकालागि संविधान संशोधनआवश्यक रहेको भनिरहेका छन् । तर, माओवादीलगायत केहीदलले स्थायित्वकानाममा समावेशी, समानुपातिकप्रतिनिधित्व हटाउन लागिएको आशंकागर्दा यसका पछाडी धेरै ठूलो खेल रहेको उनीहरुको बुझाई छ । यसलाई रहस्यमयीकदममाओवादीले मान्दाअहिलेसम्म सहमतीका दस्तावेज सार्वजनिकनहुनुमा समेत प्रश्न छ । त्यस्तै एमाले र कांग्रेसकै संविधान संसोधनकाविषयमाकिन फरक मत सुनिनथालिसकेको छ भन्ने अर्को प्रश्न समेत अहिले पेचिलो बन्दाविदेशीशक्तीको दौडधुप समेत बढेको छ । त्यस्तै रास्वपाले समेत संविधानमा परिवर्तन गर्नुपर्ने धेरै विषय रहे पनिकांग्रेस र एमालेबीचको गठबन्धन संविधान संशोधनकालागिनभएको दाबीगर्दा संविधान संसोधनकानाममाअर्को खेल शुरु भएको हो त ?

हो संविधान असंसोधनीयहुँदैन । समय र आवश्यकताअनुसार हुने संसोधनले नै संविधानलाई सर्वस्विकार्य र समयसापेक्ष बनाउँछ । तर त्यसकालागिनागरिकस्तरमा उठेको बहसलाई ध्यानदिन जरुरी छ । कसैलाई तहलगाउने र अँकगणितिय दम्भका साथ अघि बढे त्यसले संविधान नै दुर्घटनामा पर्ने सम्भावनाबलियो बन्दाअहिले त्यसैको खतरा राजनीतिकविश्लेषकहरुले औल्याईरहेका छन् । घटनाक्रम र परिस्थितीले समेत यसकालागिपूर्वतयारी नै भईसकेको र अवत्यसलाई कार्यान्वयमामात्रलाननयाँ राजनीतिक कोर्ष विकास भएको आशंका गर्ने प्रसस्त ठाँउ हुँदायसले देश स्थिरतातर्फ अघि बढ्ने भन्दा अझ दलदलमानफस्लाभन्न सकिदैन ।