Breaking

कोपा भिडन्तका छुटाउन नहुने ६ रोचक तथ्य, फाइनलमा अर्जेन्टिना र कोलम्विया, कसले चुम्ला उपाधि ? (भिडियोसहित)


काठमाडौँ— फुटवलमा विश्वकप पछिको विश्व चर्चित, कोपा अमेरिका अहिले जारी छ। सोमबार फाईनल खेल हुँदैछ । ४८ औँ संस्करणसम्म पुग्दा कोपा–अमेरिका फुटबलसँग जोडिएको सुन्दै रोचक लाग्ने केही हिस्साहरु छन् ।

फुटबल खेल खेलाडीका लागि वैयक्तिक कला प्रदर्शन गर्ने रङ्गमञ्च हो । त्यही भएर होला फुटबल विश्वका धेरै मानिसहरुको पहिलो रोजाईमा पर्छ । विश्वकप र विश्व बरीयताको मानकबाट हेर्ने हो भने फुटबलको वर्चस्व ल्याटिन अमेरिका र युरोपले मात्र ओगटेका छन् तर यसको लोकप्रियताको मापन गर्ने हो भने फुटबल मोह विश्वव्यापी भइसकेको छ । कलामिश्रित खेल भएरै होला फुटबल बुझ्न कुनै भाषाको जरुरी छैन । अहिले कोपा–अमेरिका फुटबल प्रतियोगिताको ४८औँ संस्करण अमेरिकामा जारी छ । सोमबार फाईनल भिडन्त हुँदैछ । यो संस्करणमा अर्जेन्टिना र कोलम्विया फाइनलमा पुगेकाछन् । कोपामा कोलम्वियाको रेकर्ड हेर्दा अहिलेसम्म एकपटक मात्र उपाधि चुमेको छ । कोलम्बियाले सन् २००१ मा कोपा–अमेरिकाको उपाधि हात पारेको थियो। यो पटक जित दोहो¥याउँछ वा, उपविजेतामा चित्त बुझाउछ सोमबार छिनोफाने हुने छ। ४८ औँ संस्करणसम्म पुग्दा कोपा–अमेरिका फुटबलसँग जोडिएका केही मसलेदार किस्साको विषयमा चर्चा गर्दछौ ।
नम्बर १
१०८ वर्षदेखि एउटै ट्रफी–
कोपा–अमेरिका फुटबल प्रतियोगितासँग एउटा रमाइलो संयोग जोडिएको छ । एक सय आठ वर्ष लामो इतिहास बोकेको यो प्रतियोगितामा अहिलेसम्म एउटै ट्रफी प्रयोग गरिँदै आएको छ ।
नम्बर २
पहिलो संस्करणमा ४ टोली मात्र–
कोपा अमेरिकाको पहिलो संस्करणमा केवल चार टोलीले मात्र सहभागिता जनाएका थिए । त्यो ऐतिहासिक संस्करणमा सहभागिता जनाउने राष्ट्र अर्जेन्टिना, ब्राजिल, उरुग्वे र चिली थिए । उपाधि भने उरुग्वे उचालेको थियो ।
नम्बर ३
दक्षिण अमेरिकाको आकाश छिचोलेको ऐतिहासिक संस्करण –
कोपा–अमेरिका सुरु हुँदा प्रारम्भमा दक्षिण अफ्रिकी राष्ट्रले मात्र सहभागिता जनाउने गरेका थिए । सन् १९९३ पछिमात्र यो प्रतियोगिताको दायरा बढाएर दक्षिण अमेरिकाभन्दा बाहिरका टोलीलाई पनि समावेश गर्न थालिएको हो । त्यसपछि यो प्रतियोगितामा विभिन्न महादेशका टोलीलाई आमन्त्रित टोलीका रूपमा सहभागी गराउने परम्परा अहिलेसम्म चल्दै आएको छ ।
नम्बर ४
कोपा अमेरिका खेल धेरै पटक फाइनलसम्म पुग्ने एक मात्र राष्ट्र अर्जेन्टिना हो । हालसम्म अर्जेन्टिनाले ३० खेल खेलेको छ । यी मध्ये अधिक उपाधी अर्जेन्टिनाकै पोल्टामा छ । उसको तुलनामा अन्य कुनै राष्ट्रले यति ठूलो सफलता हात पार्न सकेका छैनन् ।
नम्बर ५
कोपा–अमेरिका फुटबल प्रतियोगिताको इतिहासमा फोर्लान–कोराज्जो परिवारको नाममा एउटा गजबको कीर्तिमान लेखिएको छ । यो परिवारको तीन पुस्ताले कोपा–अमेरिका फुटबलको छुट्टा–छुट्टै संस्करणमा फरक भूमिकामा आफ्नो राष्ट्रलाई उपाधि जिताएका थिए । हुवाँ कोराज्जो, उनका ज्वाइँ पाब्लो फोर्लान र नाती डिएगो फोर्लानले उरुग्वेलाई कोपा–अमेरिकाको छुट्टा–छुट्टै संस्करणको उपाधि जिताएका हुन् ।
नम्बर ६
कोपा अमेरिका यस्तो खेल बन्यो, जहाँ दुई सर्वकालीन महान् खेलाडी पेले र म्याराडोनाले कहिल्यै यो प्रतियोगिताको उपाधि जित्न सकेनन् । ब्राजिलियन हस्ती पेलेले सन् १९५८ मा एकपटक मात्र यो प्रतियोगितामा भाग लिएका थिए । कोपा–अमेरिकाको त्यो संस्करणमा उनले सर्वाधिक आठ गोल गरेका थिए । उनी उत्कृष्ट खेलाडी पनि घोषित भए , तर, त्यो संस्करणको उपाधि भने अर्जेन्टिनाले जितेको थियो । यसैगरी म्याराडोनाले सन् १९७९, सन् १९८७ र सन् १९८९ मा कोपा–अमेरिका खेलेका थिए । यी तीनवटै संस्करणमा अर्जेन्टिनाले उपाधि जित्न सकेन । सोमबार सन् २००१ को कोपा अमेरिका विजेता कोलम्बिया र विश्व विजेता अर्जेन्टिनासँग फाइनलमा खेल्दै छ । अहिले कोलम्बिया शानदार लयमा छ । अर्जेन्टिना पनि उत्कृष्ट लयमै छ । फुटबलमा विश्वसामु आफुलाई प्रमाणित गराएका यी दुई शक्तिशाली टिमबीच अर्को इतिहास रच्ने फाइन भिडन्त हुँदैछ ।