Breaking

त्रिशूलीको भंगालोमा छ्याप–छ्यापती गोताखोर, सेनापनि पानीभित्रै, आँखाभरी आसु बोकेर डिलमा आफन्त (भिडियोसहित)


काठमाडौँ— नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत चितवनको भरतपुर सिमलतालमा पहिरोमा परी त्रिशुलीमा बेपत्ता भएका बसको खोजी कार्य दुई दिन देखि जारी छ । अहिलेसम्म डुबेको बस पत्ता नलागे पनि दुई मध्ये गणपति डिलक्समा सवार एकजना यात्रु मृत अवस्थामा भेटिएकाछन् भने थप दुइटा शवको पहिचान हुन बाँकी रहेको छ ।
नारायणगढ–मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका–२९ सिमलतालमा लेदो माटोसहितको पहिरोमा परेर त्रिशुलीमा खसेका दुईबटा वसको अवस्था अझै अज्ञात छ । शुक्रबार विहानी पख माथि बाट आएको लेदोसहितको पहिरोमा परेर , काठमाण्डौ र विरगंजबाट छुटेका एन्जल र गणपति नामका दुई डिलक्स बस त्रिशुलीमा खसेका थिए ।
बसमा टिकट काटेर मात्रै ५१ यात्रुले यात्रा गरेका थिए । यो चालक, सहचालक र बीचबाटोमा चढाइएका यात्रु बाहेकको संख्या हो, तसर्थ कम्तिमा पनि ५० बढी यात्रु सवार रहेको अनुमान गरिएको छ। दुर्घटनामा परेको बसमा सवार ३ जना यात्रु पौडीएर बाच्न सफल भएकाछन् । बससंगै त्रिशुलीमा खसेकानन्दन दास, सुरज प्रसाद गुप्ता र जगेश्वर राय बसबाट हाम फालेर नदीबाट बाहिरीएका थिए ।

घट्नास्थलमा शुक्रबार विहानीपखबाट, नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजी कार्य जारी राखेकाछन् । गाडी दुर्घटना भएको क्षेत्रमा खोजी कार्य जारी राखेका बेला दुर्घटनास्थलभन्दा झण्डै ५० किलो मिटर तल, एकजना यात्रुको शव फेला परेको छ । नारायणी नदीमा फेला परेको शव गणपति डिलक्समा सवार यात्रुको भएको प्रहरीले पुष्टि गरेको छ। भरतपुर–२८ स्थित नारायणी नदी किनारमा फेला परेको शव सिमलताल दुर्घटना परेकाभारतीय नागरिक, ऋषि पल साहको रहेको बागमती प्रदेशका डीआईजी विष्णु केसीले जानकारी दिए ।
हिजो र आज दुईदिन दिनभर त्रिशुलीको भेलमा बसको खोजी गरिरहेको सुरक्षाकर्मीको टोलीले बसको एक थान पर्दा र एउटा टाउजर फेला पारेको छ । धमिलो पानी र तिब्र बेग, करेन्ट प्रवाह बढि भएकाले पनि खोजीकार्यमा समस्या देखिएको छ ।सशस्त्रले गोताखोरसँगै वाटर ड्रोन, सोनार क्यामेरा र पाइपलाइन इन्सपेक्सन सिस्टम प्रयोग गरी बेपत्ताहरूको खोजी गरिरहेको छ। सोनार क्यामेराले पानीभित्रको वस्तुहरू हेर्न सहयोग पु¥याउँने प्रहरीको भर्नाइ छ । क्यामेराले ३० मिटर तलसम्मको दृश्यलाई कैद गर्ने गर्छ । तर धमिलो पानी भएकाले सजहै अनुमान लगाउन कठिन भईरहेको छ ।

शुक्रबार त्रिशुलीमा डुबेको बस र वेपत्ता यात्रुको खोजीमा १२ जना गोताखोरसहित ७० जना सशस्त्र प्रहरी र सैनिक गरी ७४ जना खटिएका थिए । तर खोजी कार्यलाई तिब्रता दिन शनिवार जनशक्ति बढाईएको छ। ५ सय बढी शसत्रप्रहरी् नेपाली सेना सहित २७ जना गोताखोर टोली खटिएकाछन् ।तल नदिमा खोजी कार्य जारी रहदाँ त्रिशुलीको सडक किनारमा बेपत्ताका आफन्तहरु झिनो आस बोकेर नदिटथमा आँखा डुलाईरहेकाछन् ।
बेपत्ता भएकाहरुका परिवारजनले खोजीकार्य प्रभावकारी बनाउन सरकार देखि सरोकारवाला सघसस्थालाई माग गरेकाछन् । उनीहरुले बेपत्ताको खोजी गर्न आवश्यक प्रविधि र संयन्त्रको प्रयोग गर्दै सबै शक्ति परिचालन गर्न अनुरोध गरेका छन् ।

हजुरबुबा दुर्घटनामा परेपछि शुक्रबार चितवन आएका रौतहटको गौरका विकेशकुमार पटेलले दुर्घटनापछि परिवार र गाउँनै शोकमा डुबेको बताएकाछन् । सिमलतालमा शुक्रबार बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट गौरतर्फजाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स त्रिशुलीमा खसेकाछन् ।
त्रिशूलीमा दुई बस बेपत्ताको घटनापछि गृहमन्त्रालयले रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाउने प्रस्ताव गरे पनि त्यसबाट ब्याक हुँदै उच्च जोखिमको सूचना जारी भएका दिन तोकिएका जिल्लाहरुमा रात्रिकालीन सवारी चलाउन नपाइने निर्णय गरेको छ । गृहको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखामा बसेको बैठकले जल तथा मौसम विज्ञान विभागबाट रेड एड्भाइजरी जारी भएका जिल्ला र क्षेत्रहरुमा तत्तत् दिनमा रात्रिकालीन सवारी नचलाउने निर्णय गरेको हो । तर यो निर्णय व्यवहारिक र वैज्ञानिक नभएको भन्दै यातायात व्यवसायीले असन्तुष्टि जनाएका छन् ।